निर्वाचनमा भाग लिन सत्तारुढ दलका नेताहरुले गरेको आग्रहमा नवगठित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका नेताहरुले संसदमा पेश भएको संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरिए चुनावमा भाग लिने बताएका छन् ।
आफ्नै निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको बैठकमा कांग्रेस, माओवादी केन्द्र, राजपामा आवद्ध मधेश केन्द्रित नेताहरु र संघीय समाजवादी फोरममा नेताहरुले छलफल सकारात्मक भएको बताएका हुन् ।
यसैबारेमा टुंगो गर्न आजै दिउँसो सत्तारुढ दलको अलग्गै बैठक हुनेछ भने त्यसपछि फेरि राजपा र संघीय फोरमका नेताहरुसँग छलफल गरिने तय गरिएको छ । आज सहमति नजुटे आफूहरु तराई फर्कने मधेसी नेताहरुले बताएका छन् ।
Post a Comment