Halloween party ideas 2015

जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्र गति भइरहेको छ । 

भारत सरकारको २ अर्व रुपैंयाँको सहयोग र नेपाल सरकारको अनुगमनमा व्रोडगेज रेल सेवाको निर्माण भईरहेको हो ।
भारतको जयनगरदेखि नेपालको जनकपुर बर्दिबास सम्म ७१ किलो मिटर दूरीमा व्रोडगेज रेल सेवा निर्माण कार्य जारी रहेको नेपाल रेल कम्पनीले जनाएको छ ।
अहिले रेल गुड्ने ठाउँमा पुल, टेरक, स्टेशन भवन सहितको निर्माण कार्य भइरहेको छ ।
रेल संचालनमा आएपछि जनकपुरमा पर्यटक बढ्ने समेत अपेक्षा स्थानीयले गरेका छन् ।
ऐतिहासिक जानकी मन्दिरको दर्शन गर्न बर्षेनी हजारौं भारतीय पर्यटक जनकपुर पुग्ने गरेका छन् ।

Post a Comment

Powered by Blogger.