भारतीय सवारीको ठक्करबाट दमकमा एकको मृत्यु
दमक : झापाको दमकमा भारतीय नम्बर प्लेटको सवारीको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तरगत दमक–४ (साविक दमक ९) चिया दोकान भन्ने स्थानमा भारतीय नम्बर प्लेटको पिकअप भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा दमक –९ ( साविक दमक १५) का ६० वर्षीय वृद्ध गंगाराम बस्नेत रहेको प्रहरीले जनाएको छ। उनलाई भारतीय नम्बर डब्लुबी ७३ सी ७३८२ नम्बरको पिकअप भ्यानले आइतबार ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते बस्नेतलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बूले बताए। ठक्कर दिने भ्यान र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Post a Comment