Halloween party ideas 2015




नवलपरासी । जिल्ला जनस्वास्थ्य कार्यालयले नवलपरासीमा थुप्रै निजी स्वास्थ्य संस्था अवैध फेला पारेको छ । कार्यालयले दुई दिनसम्म गरेको अनुगमनबाट नवलपुर क्षेत्रमा अवैध रुपमा सञ्चालित स्वास्थ्य प्रदायक संस्थाहरु छ्याप्छ्याप्ती पाइएका छन् ।

दुई दिन २५ वटा स्वास्थ्य संस्थामा गरिएको अनुगमनका क्रममा ९ वटा स्वास्थ्य प्रदायक संस्था अवैध रुपमा सञ्चालन गरिएको पाइएकोले जिल्ला स्वास्थ्य कार्यालय लगायतको टोलीले शिल गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, साना तथा घरेलु उद्योग लगायतका प्रतिनिधिहरुको टोलीले अनुगमन गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुणकुमार महतो नवलपरासी आएपछि अवैध रुपमा संचालित स्वास्थ्य प्रदायक संस्थाहरुमा अनुगमन तीब्र पारिएको छ ।
कुन कुन स्वास्थ्य संस्था शिल भए ?
२५ वटा स्वास्थ्य संस्थामा चेकजांच गर्ने क्रममा ९ वटा स्वास्थ्य प्रदायक संस्थामा शिल गरिएको छ ।
कसैको क्लिनिक, विरामी जाँच, ल्याब, विरामी भर्ना, सामान्य शल्यक्रिया लगायतमा शिल गरिएको हो । शिल गर्दा अुनमति लिएको क्षेत्र शिल गरिएको छैन भने अनुमति नलिएका मात्र शिल गरिएको थियो ।
शिल गरिएका स्वास्थ्य प्रदायक संस्थाहरुमा गैडाकोटको अन्नपूर्ण मेडिकल हल, मुकुन्दपुरको रंजिता मेडिको सेन्टर, कावासोतीको संजिवनी मेडिकल हल, कावासोतीको मनकामना हेल्थ कियर प्रा.लि.को -ओपिडी कक्ष, प्रयोगशाला कक्ष, सामान्य शल्यक्रिया कक्षा र भर्ना कक्षा, गैडाकोटको ऋतिसा हेल्थ क्लिनिक, गैडाकोटको जीवन मेडिकल हलको क्लिनिक सेवा, बेल्डियाको सप्तगण्डकी मेडिकल हलको प्रयोगशाला, विरामी भर्ना र जांच सेवा, मध्यविन्दु नगरपालिकाको प्रयोगशाला र एक्सरे सेवा र भेडाबारीको मुकुन्दसेन डेण्टल केयर छन् ।
के के भेटियो चेक जांचको क्रममा ?
अनुगमनका क्रममा सबैभन्दा बढी औषधि पसल सञ्चालनको अनुमति लिएर क्लिनिक चलाइएका, विरामी भर्ना, ल्याब सञ्चालन गरेको पाइएको छ ।
त्यस्तै कतिपयमा औषधि विक्रीको अनुमति लिएर असुरक्षित गर्भपतन गरेको समेत पाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अरुण कुमार महतोले जनाए ।
नवलपरासीका सहायक जिल्ला अधिकारी माधव ढुङ्गानाले स्वास्थ्य प्रदायक संस्थाहरुले औषधि पसलको अनुमति लिएर ल्याब, एक्सरे, भिडियो एक्सरे सेवा लगायतका सेवाहरु सञ्चालन गरिएको र कतिपयले फार्मेसीको अनुमतिसमेत नलिइ औषधि पसल सञ्चालन गरिएको पाइएको जानकारी दिए ।
त्यस्तै कतिपय पसलमा म्याद नाघेको औषधि अत्यधिक पाइएको थियो । गैडाकोटको अन्नपूर्ण मेडिकलमा म्यान नाघेका ११ कार्टुन औषधि पाइएको थियो ।
त्यस्तै अन्नपूर्ण मेडिकल हल बुवा उमा पौडेलको नाममा औषधि पसल सञ्चालन गर्ने अनुमति लिएर छोरा विमल पौडेलले क्लिनिक चलाइरहेको तथा म्याद नाघेका ११ कार्टुन औषधि फेला परेको थियो ।
अन्नपूर्ण मेडिकल हलको क्लिनिकमा टोलीले शिल गरेको छ भने औषधि पसलमा सचेत गराएर छाडिएको छ । त्यस्तै मुकुन्दपुरको रञ्जीता मेडिको सेन्टरमा सञ्चालनको कुनै कागज पत्र नपाइएको, अवैध रुपमा क्लिनिक सञ्चालन गरिएको पाइएकोले शिल गरिएको छ ।

Post a Comment

Powered by Blogger.