Halloween party ideas 2015


चैत्र ३० , २०७३ 
नेपालमा जन्मिएर बिशेषगरि भारतीय सांगीतिक मैदानमा तहल्का पिटेका उदित नारायण झा भारत संगै नेपालमा पनि चर्चित छन् l अहिले उनले अर्का चर्चित गायिका मिलन अमात्य संग आवाजमा आवाज मिलाउदै अर्को गित गाएका छन् l 
"कहिले पनि नबोलेको" बोल रहेको गीतको भर्खरै सार्बजनिक म्युजिक भिडियोमा यी दुई उदित र मिलन को कर्णप्रिय आवाज सुन्न सकिन्छ l "श्रुतिमा" एल्बम भित्र समाबेश उक्त गीतमा नारायण गौतमको सब्द, बाबुल गिरिको एरेन्ज रहेको छ भने राजसुक्र लिम्बुले म्युजिक भरेका छन् l त्यस्तै अहिलेका चर्चित मोडल बर्षा सिवाकोटीको साथमा मनिषलाई भिडियोमा देख्न सकिन्छ l
भिडियोमा उत्सब दाहालले छायांकन गरेका छन् भने प्रकाश धितालले निर्देशन गरेको भिडियोमा राजिब समरको कोरियोग्राफी देख्न सकिन्छ l अप्सन मिडिया एण्ड ईण्टरटेन्मेण्टले सार्बजनिक गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् l

Post a Comment

Powered by Blogger.