Halloween party ideas 2015

vidya bhandari india
पाँच दिने भारत भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किंदै छिन् । राष्ट्रपति भण्डारी नेतृत्वको भ्रमण टोली साँझ सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्ने छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीसँग शिष्टाचार भेट तथा त्यहाँका प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्री, बीत्त मन्त्रीसहित बिभिन्न दलका शीर्ष नेताले उनीसँग भेटवार्ता गरेका थिए ।
भेटमा नेपाल–भारत सम्वन्ध, दुई पक्षीय चासो र हितका विषयमा छलफल भएको थियो । राष्ट्रपति भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।
यसैबीच, राष्ट्रपतिको आगमनका बेला साँझ सात बजेपछि झण्डै आधा घन्टा विमानस्थलदेखि राष्ट्रपति निवाससम्म सार्वजनिक गाडी चल्न रोक लगाईने भएको छ ।
त्रिभुवन विमानस्थल, सिनामंगल, तीनकुने, नयाँ बानेश्वर, सिंहदरबार, भद्रकाली, दरबारमार्ग, लैनचौर, लाजिम्पाट हुँदै शीतल निवाससम्म आधा घन्टा सार्वजनिक गाडी चल्न रोक लगाईने ट्राफिक प्रहरीले जनाएको हो ।

Post a Comment

Powered by Blogger.