फ्रान्सको राजधानी पेरिसमा पार्किङ गरिएको प्रहरीको बसमा बन्दुकधारीले गोली चलाउँदा एक प्रहरी मारिनुका साथै दुई जना गम्भीर घाइते भएका छन् ।
शांजे लिजेमा गरिएको आक्रमणमा हमलाकारीले कारबाट झरेर स्वचालित हतियारले गोली प्रहार गरेका थिए । गोली चलाउँदै भाग्ने प्रयास गरेका आक्रमणकारीलाई प्रहरीले गोली प्रहार गरी मारिदिएको छ ।
इस्लामिक स्टेट समूहले निकालेको भनिएको एक विज्ञप्तिमा आइएस लडाकू अबु युसोफ द बेल्जियनले हमला गरेको दाबी गरिएको छ ।
फ्रान्सको प्रहरीले हमलाकारीको पहिचान भएको बताएको छ । बन्दुकधारीलाई अरु कसैले साथ दिए नदिएकोबारे छानविन भइरहेको फ्रान्सको प्रहरीले जनाएको छ ।
राष्ट्रपतीय निर्वाचनका लागि पहिलो चरणमा मतदान हुनु केही दिन अघि पछिल्लो गोलीकाण्ड भएको हो ।
घटनापछि राष्ट्रपति फ्राँस्वा ओलान्दले सुरक्षा निगरानीलाई एकदमै चुस्त पारिने बताएका छन् ।
Post a Comment