
राजु पोख्रेल , दमक
२८ फागुन
चैते धान लगाउने बेलामा विधुत आपुर्ति नहुदा झापाका किसानहरु चिन्तित बन्न थालेका छन् । छिनछिनमा विजुलि आउदै जादै गर्दा माटर बाट पानी लगाउनु पर्छ कल पेलेर हइरान भईयो । झापा गैरादहका किसान मात्रिका पौडे्याल भन्छन कुलमान घिसिङले लोडसेडिङ मुक्त हुन्छ
झापा भनेर भनेका थिए तर तेसो हुन सकेन झापामा विधुतिय मोटर ग्याँस पम्पसेट र नहरको पानी बाट धान खेति गरिने गरेको छ । लखनपुरका किसान युवराज ढकाल भन्छन् एकातिर विजुलि आउदैन अर्काे तिर काम गर्ने जन शक्क्ति र धानको मुल्य पाइदैन तेसैले चैते धान लगाउन नै छौडउ जसतो लाग्न थालेको छ । झापाका कृषि प्राविधक जयाँ
प्रसाद उप्रेतिका अनुसार चैते धानको रुपमा हर्दिनाथ एक (बि.जि) र चैते
दुइ र चार जातका धाँन अधिक रुपमा रोप्निे गरेको छ । यि जात का धाँन हरु बिहुँ राखेको तिन महिनामा उपादन दिन्छन । झापामा ८८ हजार हेक्टर मा हिउँदे धान खेति गर्न्छि भने चैते धान आर्थिक बर्षृ ० ७०र०७१ मा १९ हजार ८०० हेक्टरमा र ०७१्र०७२ मा १९ हजार ९ सय
हेक्टरमा धाँन खेति गरिएको थियो भने ०७३र०७४ मा १९ हजार हेक्टर मा
चैते धान हुने जिल्ला कृषि विकास कार्यलय झापाको अनुमान छ । यो धान
प्रति हेक्टर ५.१ मेटिक टन उत्पादन हुन्छ । भने कुल उत्पादन १ लाख ४ सय ७० मेटन उत्पादन हुने प्राविधिक उप्रेतिको भनाइ छ ।
Post a Comment