Halloween party ideas 2015

20755-20170225155301.jpg


उदयपुरमा स्ववियु निर्वाचन हुने क्याम्पसहरुको इतिहासमै पहिलो पटक अनेरास्ववियुले स्ववियु सभापतिमा महिलालाई उम्मेदवार बनाएको छ ।  आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० उदयपुरले बरुवा क्याम्पस गाईघाटमा स्ववियु सभापतिमा महिला नेत्री किञ्जल खत्रीको प्यानलसहित स्ववियु निर्वाचन कार्यालयमा सूची दर्ता गराएको छ ।  शनिबार अनेरास्ववियु बरुवा क्याम्पसले किञ्जलको प्यानलसहित प्रत्यक्ष र समानुपातिक उम्मेदवारको सूची स्ववियु निर्वाचन कार्यालयमा दर्ता गराएको हो । निर्वाचन कार्यालयमा दर्ता भए अनुसार सचिवमा टिएन भिमरैता र कोषाध्यक्षमा दिवाकर खड्काललाई उम्मेदवारी बनाएको छ । यस्तै नेविसंघले सभापतिमा महेश खड्का, सचिवमा संजिव रायमाझी र कोषाध्यक्षमा सम्झना परियारलाई उम्मेदवार बनाएको छ । यस्तै संघिय समाजवादी विद्यार्थी फोरम नेपाल निकट समाजवादी विद्यार्थी फोरम र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराईएको छ । जसमा समाजवादी विद्यार्थी फोरमबाट सभापतिमा किरणजिवी बुढाथोकी र सचिवमा इशाक राईलाई उम्मेदवार बनाईएको छ भने क्रान्तिकारी विद्यार्थीबाट कोषाध्यक्षमा सुजाता कटुवाललाई उम्मेदवारी बनाएको छ । अनेरास्ववियुले महिलालाई सभापतिको उम्मेदवार बनाएको छ भने नेविसंघको साथै समाजवादी विद्यार्थी फोरम र क्रान्तिकारीको संयुक्त प्यानले महिलालाई कोषाध्यक्षमा उम्मेदवार बनाएको नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियु इन्चार्ज महेश रोकाले बताए । ‘आगामी दिनमा अनेरास्ववियुको नेतृत्वमा पुग्न महिलाहरुलाई सजिलो होस् तथा महिला सहभागिता बढाउने भन्ने उद्देश्यले बरुवा क्याम्पस सभापतिमा महिलालाई प्राथमिकता दिइएको हो,’ अनेरास्ववियु इन्चार्ज रोकाले भने– ‘यसले अनेरास्ववियु समावेशी नेतृत्वको पक्षमा छ भन्ने सन्देश पनि विद्यार्थीमाँझ स्थापित भएको छ र योग्यलाई अवसर दिने कुरामा हामी एक कदम अगाडि छौं भन्ने देखाएको छ ।’ यस्तै उदयपुरमा स्ववियु चुनाव हुनेमा त्रिजुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा अनेरास्ववियुबाट सुनिल तामाङको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ भने नेविसंघले रोशन कार्कीलाई उम्मेदवार बनाएको छ । यस्तै अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थी फोरमको संयुक्त प्यानलमा क्रान्तिकारीका विमल कार्कीको नेतृत्वमा प्यानल बनाइएको छ । 

Post a Comment

Powered by Blogger.