रियल म्याड्रिडले ६ मिनेट भित्र घरेलु भिलारियालसँग २ गोल खान पुगेको छ। दोस्रो हाफको ५० मिनेटमा पहिलो गोलबाट पछाडि परेको म्याड्रिडविरूद्ध भिलारियालले ५६ मिनेटमा अर्को गोल गरेको छ।
भिलारियालका लागि सेट्रिक बाकाम्बुले गोल गरेका छन्। पहिलो गोल ट्रिगुरोज मुनोजले गरेका थिए। पहिलो हाफको खेल गोलरहित बराबरीमा टुँगिएको अवस्थामा म्याड्रिडले दोस्रो हाफको ११ मिनेटमा दुई गोलको क्षति बेहोरेको हो।
Post a Comment