दमक बहुमुखीमा तीन वटा बिदयार्थी संगठनको उम्मेद्धारी घोषणा, आसन्न स्वतन्त्र विद्यार्थी युनियनका लागि दमक बहुमुखी क्याम्पसमा तीन वटा विद्यार्थी संघ संगठनले आ आफनो उम्मेदवारी घोषणा गरेका छन् । स्ववियू नेतृत्वका लागि प्रमुख तीन दलका विद्यार्थी संगठनहरु अनेरास्ववियू, अखिलक्रान्तिकारी र नेविसंघले सभापति पदका लागि आ आफनो उम्मेद्वारी घोषणा गरेका हुन् ।
आइतबार क्याम्पसमा एक कार्यक्रम गरेर माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापतिमा कुलबहादुर बस्नेत (रवि ) उम्मेद्धारी घोषणा गरेको छ । संगठनका केन्द्रीय सचिव महेन्द्र भट्टराईले दमक बह्मुखी क्याम्पसमा आसन्न स्ववियू निर्वाचनकालागि आफनो संगठनको तर्फबाट बस्नेतको उम्मेदवारी घोषणा गरिएको जानकारी गराउनु भयो । कार्यक्रममा अखिल क्रान्तिकारी झापाका पूर्व जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार बस्नेतलले विद्यार्थी हकहितका लागि आफनो संगठनलाई स्ववियूमा जिताउनु आवश्यक रहेको बताउनु भयो ।
यसअघि एमाले निकट अनेरास्ववियूले सन्तोष दुलाल र कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट विनोद चापागाईलाई सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन । त्रिभुवन विश्व विद्यालयले यहि फागुन १४ गते स्ववियू निर्वाचनको मिति घोषणा गरेपछि जिल्लाका ७ वटा क्याम्पसमा हुने स्ववियू निर्वाचनको माहुल निकै तातिएको छ । झापाको भद्रपुरस्थित मेची क्याम्पस, सुरुङास्थित कन्काई , विर्तामोडको कन्काई, काकड्भिट्टा क्याम्पस, गौरादह ,गौरीगञ्ज र दमक बहुमुखी क्याम्पसमा चुनावी सरगर्मी बढदैगएको छ । ती क्याम्पसहरुमा मुख्यगरि तीन दलका विद्यार्थी संगठनले आफनो उम्मेदवारी घोषणा गर्ने क्रमलाई तीव्र पारेका छन् ।
Post a Comment