Halloween party ideas 2015

पर्सामा बाघको आक्रमणमा एक प्रहरी इन्स्पेक्टरसहित तीनजना घाइते भएका छन् । प्रहरीकै अनुसार इलाका प्रहरी कार्यालय पोखरीयाका इन्सपेक्टर चक्रबहादुर साह लगायत घाइते भएका हुन् ।
पर्सा वन्यजन्तु आरक्षको बाघले जिल्लाको लखनपुर गाविसका वडा नं ७ एकडर्वामा उनीहरुलाई आक्रमण गरेको थियो । मध्यान्ह १२ बजेतिर आरक्षबाट आएको बाघले गाउँमा सर्वसाधराणलाई आक्रमण गर्न थालेको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । बाघ नियन्त्रण गर्न खोज्दा इलाका प्रहरी कार्यालय पोखरीयाका इन्सपेक्टर साह, स्थानीय मोतीलाल मण्डल घाइते भएका हुन् ।
घाइते साह र मण्डललाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको एसपी गोविन्दकुमार साहले जानकारी दिए । साहको हत्केलामा र मण्डलको टाउकोमा चोट लागेको छ । घाइतेलाई अहिले विरगन्जको हेल्थ कियर हस्पिटलमा पुर्‍याइएको छ । बाघ अझै नियन्त्रणमा आएको छैन ।
स्थानीय त्रसित छन् । बाघ अहिले नदेखिएकोले प्रहरी टोली चौकी फर्किएको छ ।

Post a Comment

Powered by Blogger.