Halloween party ideas 2015


९ दिन देखि खाना खान नपाएका भूटानी शरणार्थी विधार्थीहरुले मंगलबार नारा जुलुश सहित रासनको माग गरेका छन् । लामो समय चामल तथा अन्य राहतका सामाग्री वितरण हुन नसके पछि भोकभोकै बस्न बाध्य विधार्थीहरुले राहत देऊ भन्दै हातमा प्ले कार्ड र थाल कचौरा बोकेर राहतको माग गरेका हुन् । राहतको माग गरिहरको अवस्थामा भूटानी शरणार्थी शिविर वेलडाँगी पुगेको शरणार्थीका लागि उच्च रेखदेख निकायको गाडीलाई समेत रोकेर खानाको माग गरेका छन् ।
यसैबीच शरणार्थीलाई राहत वितरणको विषयमा मंगलबार बेलडाँगीमामा बसेको सरोकारवाला निकायको वैठकले पछि पुन बैठक बस्ने निणर्यमा बैठक सकेको जानकारी दिएको छ ।विश्व लुथरन फेडेरेशन दमक शाखाका प्रमुख शम्भु कटेल, यूएनएचसीआरका सुरक्षा विभागका खेम नेपाल, फिल्ड सहायक गंगा सेन, विश्व खाद्य तर्फका प्रतिनिधि सागर नेपाल, नेपाल सरकार प्रतिनिधिहरु शरणार्थी समन्वय इकाइ शाखा अधिकृत यज्ञ निरौला, शिविर सुपरिवेक्षक रामकुमार पौडेल, शिविर सचीव सन्चहाङ्ग सुब्बा लगायत शिविर व्यवस्थापन समितिका पदाधिकारी, भूपु सचीव सहितको टोलीबीच राशनको समस्याको विषयमा छलफल भएको छ ।
कार्यक्रममा विश्व लुथरन फेडेरेशन दमकका प्रमुखले आफूले दातृ निकायका उच्च पदाधिकारी समक्ष कुरा राखेको र नेपाल सरकारका जिम्मेवार प्रतिनिधि मार्फत सरकार समक्ष माग गरेकोले बर्तमान समयमा शिविर व्यवस्थापन समितिले स्वयम् सेवक कार्य अघि बढाई राशन वितरण सहज बनाउन आग्रह समेत गरे । छलफलमा दाताहरुबाट सहयोग कटौती भएकोले हाललाई प्रति व्यक्ति दिने चामाल ३ सय ३५ ग्रामलाई लिँदै गर्न दातृ निकायको तर्फबाट आग्रह गरे पनि यसलाई शिविरबासीहरु स्वीकार गर्न नसक्ने अडान दोहोरिएको छ । यता राशन पुरा गर्ने विकल्प विना आफूहरु स्वयम् सेवक कार्य नगर्ने शिविर सचीवले अडान राखे ।
सुव्बाले संस्थाले यो चामाल कुखुरालाई दिने चारो सरह मात्र भएको दावी गर्नु भयो । यता सहायक सचीव टिका राम रसाईलीले चामल मात्रै दिएर कसरी शरणार्थीहरुले खाना खान सक्छन् दातृ निकायको पदाधिकारीहरु आएर शरणार्थी सँगै बसेर खाना खान समेत अनुरोध गरे । दुवै पक्षबीच समाधानको स्पष्ट मार्ग आउन नसेक पछि भोलि नेपाल सरकार, विश्व खाद्य कार्याक्रम र शिविर व्यवस्थापन समितिबीचको बैठक हुने शिविर सचीव सुव्बाले जानकारी दिए ।









































Post a Comment

Powered by Blogger.