Halloween party ideas 2015

दमकका सुपरमार्केटहरुमा नै बिस्कुट लगायतका दैनिक उपभोग्य खाद्य सामाग्रिहरु उपभोग्य मिति समाप्त भएपनि बिक्रि बितरण भइरहेको पाईएको छ । साना किराना पसलहरुमा मात्र नभएर नाम चलेका सुपरमार्केटहरुमा नै दैनिक उपभोग्य मिति समाप्त भएका र कुनै पनि प्रकारका लेवल टाँस नगरिएका खाद्य सामाग्रि बिक्रि हुदै आएको पाईएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख मोती सापकोटा, खाद्य निरिक्षक दिनेश ढुंगानाका अनुसार दमकको नमस्ते सुपरमार्केट र सिग्देल सुपरमार्केटमा अनुगमनको क्रममा बिस्कुट, मसला लगायतका दैनिक उपभोग्य खाद्य सामाग्रिहरु उपभोग्य मिति समाप्त भएपनि बिक्रिका लागि राखिएको पाइएको हो । उपभोग्य मिति समाप्त नभएको र भएको एक ठाँउमा राखेर पनि बिक्रि गर्ने गरेको पाईएकाले यसरी बिक्रि बितरण नगर्न सचेत गराईएको पनि उनले जानकारी दिए ।
बजार अनुगमनको क्रममा भारतको ब्रीटिनीया कम्पनीको अधिकाँश बिस्कुटहरु बजारमा दैनिक उपभोग्य मिति समाप्त भए पनि बिक्रि भइरहेको पाईएको र उक्त बिस्कुटको गोदामा पनि अनुगमन गरिएको बताईएको छ । बजारमा उपभोग्य मिति समाप्त भएका बिस्कुट पाईएपनि गोदाममा नरहेको जनाईएको छ । दमकका लागि यसको मुख्य बिक्रेता पंकज भेराइटीलाइ बजारमा उपभोग्य मिति समाप्त भएका सबै बिस्कुट चौबिस घण्टा भित्र र अन्यत्रको एकसातामा फिर्ता ल्याएर त्यसको बिवरण उपलब्ध गराउनका लागि निर्देशन दिईएको अनुगमन समितिले जनाएको छ ।
पंकज भेराइटीको प्रोपाइटर फरेन्द्रराज अग्रवाललाइ इलाका प्रशासन कार्यालय दमकमा बोलाएर उक्त निर्देशन दिईएको बताइएको छ । अग्रवालले दमक बजार भित्रको दूइदिनभित्र र बजार बाहिरको एकहप्ताभित्र दैनिक उपभोग्य मिति समाप्त भएका सबै बिस्कुट फिर्ता ल्याइसक्ने प्रतिबद्धता जनाएको अनुगमनमा सहभागि दमक नगरपालिका कर अधिकृत टिका दाहालले बताए ।
सुपरमार्केटहरुमानै दैनिक उपभोग्य मिति समाप्त भएका बिस्कुट लगायतका खाद्यबस्तु फेला पर्नु गम्भिर बिषय भएको दाहालले बताए । उक्त बिस्कुट तथा खाद्य सामाग्रिहरु नष्ट गरिएको र आउदा दिनहरुमा यस्तो कार्य नदोर्याउनका लागि सचेत गराईएको उनले जनाए । उपभोक्ता र बिक्रेता दुबै सचेत हुनु पर्ने अवस्था देखिएको अनुगमन समितिले जनाएको छ ।खबिक्रेता तथा डिलरहरुले कम्पनीबाट नै म्याद सकिन लागेपछि यस्तो सामाग्रि आउने र जबरजस्ति रुपमा बजार पठाउन दबाव दिने गरेको समेत आरोप लगाएका थिए ।

Post a Comment

Powered by Blogger.