झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसलको आयोजनामा शुक्रबार देखि विज्ञान प्रदर्शनी शुरु भएको छ । प्रर्दशनिको त्रिभूवन विश्व विद्यालय भौतिक शास्त्र बिभागका प्राध्यापक डा. राजु खनालले ड्रोन उडाएर उद्घाटन गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका खनालले युवाहरुलाई प्रविधिको अवसर आजको आवश्यकता भएको बताउनु भयो ।
सो ड्रोन पूर्वाञ्चल विश्व विद्यालय स्कुल अफ ईन्जिनियरीङ् टेक्नोलोजी बिराटनगरका विद्यार्थी नविन दाहाल र दमक बहुमुखी क्याम्पसका विद्यार्थी महेश भट्टराईको समुहले बनाएका हुन् । आगामी २४ गते सम्म चल्ने प्रदर्शनीमा दमक बहुमुखी क्याम्पस तथा अन्य शैक्षिक प्रतिष्ठानका विद्यार्थीहरुका समेत विभिन्न स्टलहरु रहेका छन् । प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेका मानव रहित गाडी, पानी तान्ने मोटर, डाईनामाईट, जेनेरेटर, सहरी व्यवस्थापनको नमूना लगायतका स्टल रहेका छन् । विद्यार्थीहरुमा रहेको क्षमता प्रोत्साहन र प्रष्फुटनको अवसरका रुपमा प्रदर्शनी आयोजना गरिएको क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराईले बताउनु भएको छ । कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद दाहालको अध्यक्षतामा भएको थियो ।
Post a Comment