Halloween party ideas 2015

ग्रामीण तथा शहरी विकास नेपाल ( रुड ) ले झापामा सञ्चालित आफना परियोजनाबाट हालसम्म भईरहेका गतिविधीहरुका बारेमा सार्वजनिक गरेको छ ।
आज दमक–२ स्थित संस्थाको आफनै कार्यालयमा पत्रकार सम्मेलन गरि रुड नेपालले सञ्चालित परियोजनामा हाल भईरहेको कार्यक्रमहरुको बारेमा जानकारी दिएको हो । रुडकी अध्यक्ष बसन्तलक्ष्मी उदासले परियोजनाबाट सिमान्तकृत महिलाहरुमा शसक्तीकरण आउदै गएको बताउनुभयो । उहाँले परियोजनाबाट त्यस क्षेत्रका महिलाहरुमा सामुदायिक सवलीकरणमा निकै सुधार आउदै गएको बताउनुभयो ।
त्यस अवसरमा संस्थाकी कार्यक्रम संयोजक लोचन प्रसाईले सञ्चालित परियोजनाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले परियोजना सञ्चालन भएपछि ती क्षेत्रका लक्षित महिलासंगै समुदायमा नै अहिले सामाजिक जागरण आउदै गएको बताउनुभयो ।
जागरण नेपालको सहयोगमा रुड नेपालले सिमान्तकृत महिलाहरुको सामाजिकसंगै राजनीति नेतृत्व विकासमा विभिन्न कार्यक्रमसहितको परियोजना सञ्चालित रहेको छ । तीन र्षका लागि सञ्चालित उक्त परियोजना सन् २०१५ को डिसेम्बरदेखि शुरु भएको हो । सो परियोजना जिल्लाको गौरीगञ्ज ,महारानीझोडा, खजुरगाछी ,जुरोपानी र कोहवरा गाविसमा सञ्चालित रहेको छ । रुडले परियोजना मार्फत ती क्षेत्रका अति सिमान्तकृत महिलाहरुको शसक्तीकरण तथा आयआर्जनका कार्यक्रममा सघाँउ पु¥याँउदै आएको छ । देशका विभिन्न ६ वटा जिल्लामा सञ्चालित उक्त परियोजनाहरु मध्ये झापा भने गएको वर्ष उत्कृष्ठ ठहरिएको थियो ।
संस्थाले सञ्चालन गरेको परियोजनालाई जिल्लाका विभिन्न राजनीतिक दलले समेत पूर्ण रुपमा कार्यान्वयन गराउने भनी यसअघिनै साझा प्रतिवद्धता जनाउनुभएको छ । जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले , माओवादी केन्द्र , संघीय समाजवादी फोरम र राप्रपा लगायतका राजनीति दलहरुले महिला अधिकार, नेतृत्वको शुनिश्चततालगायतका मुख्य ६ बुदें मुद्याहरु पूर्ण रुपमा लागू तथा कार्यान्वयन गराउने लिखीत प्रतिवद्धता जनाईसकेका छन् ।

Post a Comment

Powered by Blogger.