धिमाल जातिय विकास केन्द्र झापाको नयाँ नेतृत्व चयन भएको छ । दमकमा सम्पन्न पाँचौ जिल्ला अधिबेशनले नेत्रकुमारी धिमालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको हो । गठित समितिका उपाध्यक्षमा अर्जुन धिमाल , सचिवमा मणिराज धिमाल, सहसचिवमा पवित्रा धिमाल र कोषाध्यक्षमा डम्बर धिमाल रहेका छन ।
केन्द्रले आज दमकमा पत्रकार सम्मेलन गरि संस्थाको जिल्ला कार्यसमिति सर्वसम्मत नेतृत्व चयन गरिएको जनाएको छ । संस्थाकी नवनिर्वाचित अध्यक्ष नेत्रकुमारीले सिमान्तकृत धिमाल समुदायलाई राज्यका सवै क्षेत्रमा समानुपातिक र समावेशी प्रतिनिधीत्व गर्न माग गरिन् । केन्द्रका अनुसार जिल्लामा करिव २६ हजार धिमाल मध्ये दमकमा मात्र १६ हजार धिमाल रहेका छन् ।
Post a Comment