नेपाल टेलिकमले चार दिनका लागि आफ्ना प्रिपेड ग्राहकलाई चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सित्तैमा दिने भएको छ ।
आफ्नो १३ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले चारदिनलाई सित्तैमा फोरजी दिने भएको हो । गत पुस १७ गतेदेखि पोस्टपेडमा फोरजी चलाएको टेलिकमले शनिबारदेखि प्रिपेडमा पनि सेवा विस्तार गरेको हो ।
प्रिपेडमा सेवा विस्तार गरेको अवसर पारी टेलिकमले शनिबारदेखि आगामी फागून ७ गते भित्र चार दिन सित्तैमा फोरजी दिने घोषणा गरेको छ ।
हाल टेलिकमले काठमाडौं उपत्यका र पोखरामा फोरजी चलाइरहेको छ । प्रिपेडका ग्राहकले चार दिन हरेक दिन १ सय मेगाबाइट्स (एमबी)का दरले सित्तैमा फोरजी डाटा चलाउन पाउनेछन् । यो बाहेक भने प्रिपेड ग्राहकले थ्रिजीकै भाउमा फोरजी चलाउन पाउनेछन् ।
ग्राहकले आफ्नो फोनबाट *४४४# डायल गरी फोरजी सेवा ‘एक्टिभ’ गर्न सक्नेछन् । वार्षिक उत्सवका अवसरमा टेलिकमले अरु विभिन्न खाले छुट योजनाहरु समेत ल्याएको छ ।
१५ दिनलाई सिआरबिटी सित्तैमा
टेलिकमले वार्षिक उत्सवकै अवसरमा पहिले बन्द भएको कल रिङब्याक टोन (सिआरबिटी) सेवा समेत सुरु गरेको छ । शनिबार सुरु गरिएको सेवा १५ दिनका लागि सित्तैमा पाइने भएको छ । ग्राहकले हरेक दिन एउटा गीतका दरले यो सेवा उपभोग गर्न पाउनेछन् ।
फेसबुक प्याक
टेलिकमले जिएसएम नेटवर्कका ग्राहकलाई २० रुपैयाँमा ५ दिनसम्म चल्ने १ सय एमबीको फेसबुक प्याक दिने भएको छ ।
नाइट प्याक
जिएसएम नेटवर्कमा टेलिकमले राती १० बजेदेखि बिहान ६ बजेसम्मका लागि ४० रुपैयाँमा ५ सय एमबी र ८५ रुपैयाँमा १ हजार २ सय एमबी डाटा दिने भएको छ । ५ सय एमबी डाटा प्याक ७ दिन र १ हजार २ सय एमबी डाटा प्याक १५ दिनसम्म चलाउन सकिनेछ ।
डाटा अफर
जिएसएममा डाटा अफर अन्तर्गत १ सय ३० रुपैयाँको २ सय एमबी डाटा लिदा थप २ सय एमबी बोनस पाइनेछ । यसको अवधि ७ दिनको रहनेछ । यसैगरी १५ दिन चलाउन मिल्ने ३ सय रुपैयाँको ५ सय एमबी डाटामा ५ सय एमबी नै बोनस थपिनेछ ।
सिडिएमएमा भने ७ दिन अवधि भएको २ सय एमबीको डाटा प्याकलाई ७५ रुपैयाँ र १५ दिन अवधि भएको ५ सय एमबीको डाटा प्याकलाई १ सय ७५ रुपैयाँ पर्नेछ । दुवै प्याकमा लिइएको बाराबरकै डाटा बोनसकोरुपमा दिइने कम्पनीले जनाएको छ ।
Post a Comment