सन् २००७ जनवरी ७ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आइफोन रिलिज गर्ने क्रममा एप्पलका संस्थापक स्टिभ जब्सले भनेका थिए– ‘यो दिन म साढे दुई वर्षदेखि पर्खिराखेको थिएँ ।’ तर, त्यो दिन त्यस्तो भइदियो जुन जब्सले मात्रै होइन, नयाँ पुस्ताले पर्खिराखेका थिए । त्यो त्यस्तो दिन थियो जसले मोबाइलको इतिहास र भविष्य बदलिदियो । त्यसको स्वाद अहिलेको पुस्ताले चाखिरहेको छ ।
आइपोड, मोबाइल फोन र इन्टरनेट कम्युनिकेटर । यी तीनै सुविधा भएको डिभाइसका रूपमा आइफोनको मार्केटिङ भएको थियो । नोकिया, मोटोरोला, पाल्म, ब्ल्याकबेरीजस्ता कम्पनीले थरीथरीका किबोर्ड राखेर बनाएका मोबाइल फोन छनोट गरिरहेका ग्राहकका लागि एकदमै नयाँ विकल्प आएको थियो– आइफोन । जसमा डिभाइसको आधा भाग ढाक्ने किबोर्ड थिएन बरु औंलाले चाहेअनुसार थिच्न पाइने स्क्रिन थियो जुन प्रयोगकर्ता सायदै सोचेका थिए ।
प्रयोगकर्ताको आवश्यकताअनुसारको नयाँपनका कारण सार्वजनिक भएको दोस्रो वर्ष एप्पल सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक कम्पनी बनेको थियो । त्यसको हरेक एक वा दुई वर्षमा आइफोनका नयाँ–नयाँ मोडल सार्वजनिक भइरहेका छन् र यसको क्रेज अहिले पनि उस्तै छ ।
सायद यही दिनदेखि हो त्यो बेला मोबाइल बजारमा राज गरिरहेका नोकिया, मोटोरोला, ब्ल्याकबेरी जस्ता कम्पनीको दिनगन्ती सुरु भएको । यी तीनै कम्पनीको अहिले इतिहास मात्रै बाँकी छ तर एप्पल स्मार्टफोन बिक्रीबाट नाफा गर्ने कम्पनीको सूचीमा नम्बर एकमा अड्डा जमाएर बसेको छ ।
आइफोन नआएको भए के हुन्थ्यो ? यो अनुमान गर्न सकिने विषय त होइन तर के भन्न सकिन्छ भने मोबाइलमा अहिले पाइने सुविधा लिन सायद केही वर्ष कुर्नुपथ्र्यो । आइफोनको आगमनले मोबाइलको चालढाल मात्र बदलेन, मानिसको आनीबानीसमेत बदलिदियो । कम्प्युटरमा गर्न सकिने काम मोबाइलमा हुन थाले किनकि यसमा कम्प्युटर जस्तै इन्टरनेट चलाउन सहज थियो ।

फेसबुकजस्ता सामाजिक सञ्जालको लोकप्रियतालाई पनि आइफोनकै आगमनसँग जोडेर हेर्ने गरिन्छ किनकि आइफोनले प्रयोगकर्तामा मोबाइलमै सबैथोक गर्न सकिन्छ भन्ने आत्मविश्वास दियो । प्रयोगकर्ताले मोबाइलमै गुगल म्याप, सजिलो मेल, क्यालेन्डर, पत्रिका पढ्ने सुविधा पाएका थिए ।
आइफोन सार्वजनिक गर्ने क्रममै नोकिया, ब्ल्याकबेरी र मोटोरोलाको उदाहरण दिँदै जब्सले भनेका थिए– ‘हामी अन्य मोबाइल कम्पनीभन्दा ५ वर्ष अगाडि छौं । तर, तीन वर्ष नपुग्दै एप्पलको आधिपत्य तोड्ने गरी सामसुङको उदय भयो । सुरुवाती समयमा आइफोनको डिजाइन र फिचर कपी गरेको धेरै आरोप खेपेरै भए पनि अहिले सामसुङका स्मार्टफोनले एप्पलको आइफोनलाई बिक्रीमा उछिने पनि आइफोनको ब्रान्ड कायमै छ । सायद, स्मार्टफोनलाई रिइन्भेन्ट गरेको ब्याज आइफोनले अझै केही वर्ष पाउनेछ किनकि बजारमा उसको सबैभन्दा ठूलो प्रतिस्पर्धी सामसुङको सबैभन्दा पछिल्लो फोन ग्यालेक्सी नोट सेभेन प्रयोगकर्ताले चलाउने क्रममा पड्किन थालेपछि कम्पनीले ठूलो क्षति बेहोरेको छ र सबैभन्दा पछिल्लो आइफोन सेभेनले आफ्नो बराबरको प्रतिस्पर्धी देख्नुपरेको छैन ।

चल्तीका मोबाइल फोनभन्दा भिन्न आइफोन निर्माणका लागि नेतृत्व गरेकै कारण एप्पलका तत्कालीन प्रमुख स्टिभ जब्सलाई मृत्युपर्यन्त पनि सिर्जनशील व्यक्तिका रूपमा आदर गर्ने गरिन्छ । एक हजार कर्मचारीलाई ‘प्रोजेक्ट पर्पल’ नाम दिइएको गोप्य योजनामा खटाएर त्यो समयको असाधारण डिभाइस बनाउने उनको योग्यता धेरैका लागि आदर्श बनेको छ । जब्स सरलताको बिम्ब भएका छन् किनकि उनले जटिल लाग्ने फोनलाई सरल आइफोनमा रूपान्तरण गरेर देखाए, त्यो पनि त्यो बेला असाधारण लाग्ने सुविधासहित ।
अहिले पनि प्रयोगकर्ताले आइफोनलाई ‘क्रिएटिभ’ फोनका रूपमा चिन्छन् । यही पहिचानलाई बचाउन आइफोनले हरेक संस्करणमा केही नयाँ गर्न खोजिरहेकै छ । पछिल्लो पटक ताररहित एयरपोड यसैको निरन्तरता हो । आइफोनसँगै आएका हरेक नयाँपनलाई प्रयोगकर्ताले नरुचाएका उदाहरण पनि छन् तैपनि आइफोनले बजारका अन्य स्मार्टफोनभन्दा उँचो शिर बनाउन पाइरहेकै छ, सायद प्रयोगकर्ताले १० वर्षअघि आइफोनको आगमनले लगाएको गुन तिरिरहेका छन् ।
Post a Comment