हुवावेले डुबईको प्यालेस डाउनटाउनमा आयोजना गरेको सेल्फी खिच्ने कार्यक्रमले गिनिज वर्ल्ड रेकर्ड बनाएको छ । ‘हुवावे म्याट ९’ ले तीन मिनेटमा १६० हाई डिभिनिसनसहित खिचेको सेल्फीले उक्त रेकर्ड बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विगतका रेकर्डलाई पछाडि पार्दै विभिन्न व्यक्तिले एक सेकेन्डमा एउटा तस्बिर खिचेको कम्पनीले जनाएको छ । गिनिज वर्ल्ड रेकर्डको मार्गनिर्देशन अनुसार सेल्फी खिच्नेहरूले स्मार्टफोन वा डिजिटल क्यामेराबाट १८० सेकेन्डसम्म सेल्फि लिनुपर्ने थियो । हुवावे म्याट ९ ले उक्त लक्ष्य पूरा गरेको हो ।
‘म्याट ९’ १२ मेगापिक्सेल आरजीबी सेन्टर र २० मेगापिक्सेल मोनोक्रोम सेन्सरका लागि ड्युअल लेन्सयुक्त क्यामेरा जडान गरिएको सेकेन्ड जेनेरसनका इम्प्रेसिभ सेट भएको कम्पनीले जनाएको छ ।
सानिमाद्वारा एकीकृत सेवा
सानिमा बैंकले वागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्युजिसन) पछि सानिमा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको छ । अब सानिमा बैंकको शाखा सञ्जालमा हरिवन तथा लालबन्दी शाखाहरू पनि थपिएको बैंकले जनाएको छ । प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड रुपैयाँ पुगेको जारी विज्ञप्तिमा छ । साथै मेचीदेखि महाकालीसम्म शाखा सञ्जाल ४३ वटा तथा एटीएम संख्या ४९ वटा पुगेको जनाइएको छ । हरिवनमा आयोजित प्राप्ति कार्यको शुभारम्भ सानिमाका ब्य्रान्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा बैंकका सञ्चालक समितिका सदस्यद्वय भरतकुमार पोखरेल र महेश घिमिरेले संयुक्त रूपमा गरेको विज्ञप्तिमा उल्लेख छ ।

पुनर्निर्माणमा जगदम्बा सिमेन्टको हातेमालो
जगदम्बा सिमेन्टले सुरक्षित तथा दिगो निर्माणमा अवलम्बन गर्नुपर्ने प्राविधिकसहित जानकारीको निर्माणकर्मीसँगको हातेमालो कार्यक्रम नुवाकोटमा सम्पन्न गर्यो । ‘आऔं सबै मिली देश बनाऔं’ नारासहित सञ्चालित उक्त कार्यक्रमको मुख्य उद्देश्य पुनर्निर्माणमा भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा निर्माणकर्मीहरूले पुर्याउनुपर्ने प्रविधिक तथा चेतनामूलक जानकारी प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ । कार्यक्रममा २ सयभन्दा बढी निर्माणकर्मी, व्यवसायी, प्राविधिक, राजमिस्त्री, इन्जिनियर तथा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको जारी विज्ञप्तिमा छ ।

Post a Comment