Halloween party ideas 2015


निगेश नायजु ,
गौरादहमा बन्दै गरेको ट्राफिक भवन​को करिब ३०% काम सम्पन्न भएको बताइएको छ ।
डिपु चोक देखि करिब १.५ कि.मि  उत्तरमा १ कठा १६ धुर जग्गामा निर्माणकार्य करिब ३०% काम सकिएको छ । स्थानिय समाजसेवी रत्न बहादुर श्रेष्ठ बाट नि:शुल्क रुपमा प्रदान गरिएको जग्गामा भवन बनी सके पश्चात् गौरादह ट्राफिक प्रहरी बलियो हुने तर्क स्थानीयवासीको छ ।
भवन बनाउन स्थानीयबाट नगद तथा सो रकम बराबरको  जिन्सी समान सहयोग प्राप्त हुँदै गरेको गौरादह ट्राफिक इन्चार्ज शकर प्रसाद यादव    बताउछन् ।
केन्द्रबाट बजेट आउने संभावना न्युन  भएकाले भवन निर्माण कार्यले तिब्रता पाउन नसकेको निर्माण समितिको सयोजक गणेश कुमार श्रेष्ठ बताउछ्न ।
अझै पनि कसैले यो निर्माण कार्यमा अर्थिक सहयोग गर्न  चाहानुहुने महानुभावहरुले निर्माण समिती सग सम्पर्क गर्न  अर्थिक समितिको सम्योजक चन्द्र सुब्बाले बताए ।

Post a Comment

Powered by Blogger.