Halloween party ideas 2015

सप्तरीको बोदेसाइन नगरपालिका ४ खडकपुरमा पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बोदेबर्साइनका अनुसार मृत्यु हुनेमा स्थानीय विजयप्रसाद साहका छोरा ४ वर्षीय ललन साह रहेका छन्। घरमा खेल्दा खेल्दै अचानक हराएका ललनको खोजी गर्ने क्रममा घरनजिकै रहेको पोखरीमा सोमबार साँझ डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै पुगेको प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

Powered by Blogger.