Halloween party ideas 2015




झापाको दमकमा गएराति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दमक–१ का १५ वर्षीय अशोक राईको मृत्यु भएको हो। गम्भीर घाइते भएका राईको उपचारको क्रममा लाइफ लाइन अस्पतालमा राति मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
उनलाई दमक नगरपालिका–१ स्थित देवान चोकमा मे २ प ७५०६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

Post a Comment

Powered by Blogger.