Halloween party ideas 2015


image

मेचीनगर नगरपालिकामा काँग्रेसले पहिलो बिजय हात पारको छ । मेचीनगर १५ को वडा अध्यक्षमा काँग्रेसका गुणराज(राजन भट्टराई) बिजयी हुनु भएको छ । भट्टराईले नेकपा एमालेका उम्मेद्वार चेतराज बिष्ट(चेतन) भन्दा ५ मत मात्र बढी ल्याएर वडा अध्यक्ष पद हात पार्नु भएको छ ।
वडा नं. १५ को अन्तिम मतगणना अनुसार काँग्रेसका भट्टराईले १०३३ मत प्राप्त गर्नु भएको छ भने एमालेका बिष्टले १०२७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै माओबादी केन्द्रका बसन्त राजबंशीले ८७६ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत ईन्दीरा शर्माले जानकारी दिनु भयो । त्यस्तै वडा सदस्य पदहरुमा महिला सदस्य र खुल्ला वडा सदस्य २ चिन्ह तर्फ नेकपा एमालेका उम्मेद्वार बिजयी हुनु भएको छ भने बाँकी दलित महिला र १ जना  खुल्ला सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार बिजयी हुनु भएको छ ।
बिजयी हुनु हुने दलित महिला सदस्य पवित्रा नेपालीले ९९३, खुल्ला सदस्यहरु बृक्षलाल राजबंशीले ९७० मत प्राप्त गर्नु भएको छ । महिला सदस्यमा एमालेका कुसुम चौधरीले १०३८ मत प्राप्त गरी बिजयी हुनु भएको छ । त्यसैगरी खुल्ला वडा सदस्य दुई चिन्ह्मा पनि एमालेका कैलाश कट्टेल विजयी हुनुभएको छ । यस अघि नेकपा एमालेले मेचीनगर वडा नं. १ बाट बिजयी शुरुवात गरेको छ । मेचीनगर १ मा वडा अध्यक्ष पासाङ तामाङ्ग र ३ सदस्य एमालेले जितेको छ भने एक जना खुल्ला सदस्यमा काँग्रेसका डिगेन्द्र थापा बिजयी हुनु भएको थियो ।


Post a Comment

Powered by Blogger.