Halloween party ideas 2015


सिन्धुपाल्चोकको ठूलो सिरुवारीबाट काठमाडौँतर्फ जाँदै गरेको  बा२ख २७०२ नम्बरको बस चौतारा–बन्देउ सडक खण्डअन्तर्गत पोखरेवेसीमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु  भएको छ भने ३५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ ।
  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसएसपी  शकुल बहादुर थापाका अनुसार विपरीत दिशाबाट आउँदै गरेको बा६४प ३०२६ नं को मोटरसाइकललाई समेत बसले ठक्कर दिएको छ ।  बस भिरमा खस्न पुगेको थियो ।
  घाइते सबैको काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।  हाल घाईतेहरुको  धुलिखेलमा उपचार भईरहेको छ भने जना गंभिर घाइतेलाई वि एन्ड वि अस्पताल लगिएको छ  । बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

Post a Comment

Powered by Blogger.