Halloween party ideas 2015



बिर्तामोड र उधमशिलता विकास सम्बन्धी १० दिने तालिम विर्तामोडमा शनिवारबाट सुरु भएको छ । घरेलु तथा साना उधोग कार्यलय भद्रपुरको आयोजना तथा नेपाल उधमशिल महिला संघ झापाको सह आयोजनामा तालिम सुरु भएको हो ।
तालिममा झापाका २५ जना महिलाको सहभागिता रहेको छ । महिलाहरुलाई पनि पुरुषहरु सरह आत्मनिर्भर बनाउने उद्धेश्यका साथ तालिम संचालन गरिएको नेपाल उधमशिल महिला संघ झापाकि अध्यक्ष पार्वता बिमलीले बताईन् । मन्तब्यको क्रममा तालिम लिए पछि योजना बनाएर व्यवसाय गर्न सक्ने जनशक्ति उत्पादन हुने विशवास अतिथिहरुले राखेका थिए ।
नेपाल उधमशिल महिला संघ झापाकि अध्यक्ष पार्वता विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य निमित्त कार्यलय प्रमुख तथा उधोग अधिकृत चन्द्र मिश्रले गर्नु भएको थियो । कार्यक्रममा घरेलु तथा साना उधोग कार्यलयका उधोग अधिकृत गोपाल लिम्बु, इलाका प्रशाशन कार्यलय प्रमुख केशव कुमार थेवे, जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख ढुन्डी राज गिरी लायन्स क्लव अफ विर्तामोडका अध्यक्ष ओम विमली विर्ता जेसिसिका अध्यक्ष सञ्जु भारती, विराता लेडि जेसिसकि अध्यक्ष नैनकला भट्टराई, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका अध्यक्ष सजेश शिवाकोटी, विर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख मेघराज बाँस्तोला, पत्रकार महासंघका उपाध्यक्ष एक राज गिरी लगायतको आत्थिय रहेको थियो । नेपाल उधमशिल महिला संघ झापाकि सदस्य भिमा शिवाकोटीले स्वागत गर्नु भएको तालिमको सहजकर्तामा घरेलु तथा साना उधोग कार्यलय भद्रपुरका अधिकृत गोपाल लिम्बु र कर्मचारी सीता क्षेष्ठ रहेका छन् ।

Post a Comment

Powered by Blogger.