Halloween party ideas 2015



सवारी लाइसेन्स लिंदा रोड टेस्ट अनिवार्य गरिने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै ‘रोड टेस्ट’पछि मात्रै लाइसेन्सका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गर्ने जनाएको छ ।

महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाका अनुसार रोड टेस्टका लागि आवेदकले एक घण्टा रोडमा सवारी कुदाउनुपर्नेछ । यसअघि ट्रायल पास भएपछि लाइसेन्स दिइन्थ्यो ।

काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा वासिङ सेन्टर राखिने डीआईजी लामाले जानकारी दिए ।

Post a Comment

Powered by Blogger.