Halloween party ideas 2015

झापाको दमकमा बुधबार साझ ९ वर्षीया बालिकाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।दमक-२ बस्ने हेमकर्ण दाहालकी छोरी गंगा दाहालको हत्या भएको हो ।
‘साँझ करिब ५ बजेतिरको घटना हो यो, हामीलाई केही ढिला गरी जानकारी प्राप्त भयो’, उनले भने, ‘त्यहाँ पुग्दा बालिकाको टाउको, छाती र घाँटीमा धारितो हतियार प्रहार भएको भेटियो ।’इलाका प्रहरी कार्यालय, दमकका प्रमुख डिएसपी राजन लिम्बुले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आफ्नै घरभित्र बालिकामाथि धारिलो हतियार प्रहार भएको थियो ।
घटना भएको समयमा उनकी आमा घरमा थिइनन् भने बुबा ताप्लेजुङ गएका थिए । घरमा कोही नभएको मौका पारेर बालिकामाथि हतियार प्रहार भएको जनाइएको छ ।
गंगा स्थानीय हिमालय मावि, कक्षा २ मा अध्ययनरत थिइन् ।
यसैबीच, प्रहरीले यस विषयमा अनुसन्धान गर्न परिवारभित्रकै एक सदस्यसहित घटना हुने बेला घर छेऊ मै थ्रेसर लगाउँदै गरेका दुई जनालाई पक्राउ गरेको छ ।
‘थ्रेसरमा काम गर्ने व्यक्ति पानी पिउन भन्दै घटना भएको घरतिर गएको प्रत्यक्षदर्शीले बताएपछि उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ’, प्रहरी स्रोतले भन्यो, ‘त्यस वेला मृतक बालिकाकी दिदी धारामा लुगा धुँदै गरेकी थिइन् । उनीमाथि पनि अनुसन्धान भइरहेको छ ।’
परिवार र स्थानीयले घटनाको सत्य, तथ्य छानबिनको माग गरेका छन् 

Post a Comment

Powered by Blogger.