Halloween party ideas 2015

 सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सर्पको टोकाइबाट उपचारका लागि आउने बिरामीको चाप बढेको छ । विगत केही समय यता तराई–मधेसमा बढेको चर्को गर्मीका कारण सर्पको बिगबिगी बढेको छ । 
जिल्लाको एकमात्र सरकारी अस्पतालका रुपमा रहेको अञ्चल अस्पतालको आकस्मिक सेवामा दैनिक १० देखि १५ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 
पछिल्लो पटक गएराति सप्तरीको विष्णपुर गाउँपालिका–४ निवासी हरिनारायण मण्डलकी ४५ वर्षीया श्रीमती बुचनीदेवी मण्डललाई घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । सो सर्पको टोकाइबाट सिकिस्त भएकी उनलाई अस्पताल भर्ना गरिएको छ । 
अञ्चल अस्पतालमा जिल्लाका विभिन्न ठाउँबाट खासगरी आजभोलि सर्पको टोकाइको बिरामी बढी आउने गरेको बताइएको छ । अस्पतालले दिएको जानकारीअनुसार सबैभन्दा बढी गोमन र करेतको टोकाइबाट सिकिस्त भएका बिरामी उपचारका लागि यहाँ आउने गरेको अस्पतालका डाक्टर बताउँछन् । 
सर्पले टोकेलगत्तै अस्पताल पु¥याएका केही बिरामीबाहेक प्रायः उपचारपछि सकुशल घर फर्किने गरेका छन् भने बढी सिकिस्त परेकालाई विराटनगर र धरानका विभिन्न अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको अस्पताल प्रशासनले जनाएको छ । 
विगत केही महिना यताको बढ्दो गर्मीका कारण सर्प बाहिर निस्किने हुनाले जिल्लामा सर्पको टोकाइ बढ्दै गएको सर्वसाधारणको भनाइ छ । सर्पको टोकाइबाट अत्यधिक विषका कारण श्वास–प्रश्वासमा समस्या देखिएर अधिकांश बिरामी अस्पताल भर्ना गरेपनि भेन्टिलेटर र आइसियुको आवश्यकता पर्ने भएकाले र सो अञ्चल अस्पतालमा नभएको हुनाले झन् समस्या भइरहेको अस्पताल स्रोतको भनाई छ । 
यसैबीच, सर्पको टोकाइबाट आउने बिरामीका लागि एन्टी स्नेक भेनम औषधि आवश्यकताअनुसार रहेको पनि अस्पतालले जनाएको छ । 

Post a Comment

Powered by Blogger.