बुधबार सम्पन्न निर्वाचनमा अछाममा दुई महिलाले मतदानको लाइनमै बच्चा जन्माएका छन्। यद्यपी उनहरूले मतदान गरेका छन्। अछामको रामारोशन गाउँपालिका–४ को बाटुलासैनस्थित नन्दकाली आधारभुत विद्यालयको ‘क’ मतदान केन्द्रमा भोट हाल्न लाइनमा लागेका दुई महिलाले बच्चा जनाएका हुन्।
रामारोशनकी २५ वर्षकी मीना बोहरा र शुभा दासले बच्चा जन्माएका हुन्। दुबैले छोरा जन्माएका छन्। उनीहरुलाई व्यथा लागेपछि स्कुलकै छेउमा सुत्केरी गराएर एक घण्टापछि मतदान गरेर घर फर्किएका मतदान अधिकृत तपेन्द्र विकले जानकारी दिए। यता कनकाई नगरपालिका वडा नं. ३ स्थित कनकाई माविको मतदान केन्द्रमा एक गर्भवती महिलालाई डाक्टरले आजकै दिनको डेलिभरी मिति तोकिदिएको भएपनि मतदान गरेर मात्र प्रसुतीका लागि अस्पताल जाने अठोटका साथ सहभागी भएकी थिइन् ।
लामो समयपछि भएको निर्वाचनका कारण आफूले भोट हाल्न नपाइने पो हो कि भन्ने चिन्ता लागेको भए पनि भोट खसाल्न पाएकोमा उनी दंगदास थिइन् ।
Post a Comment