Halloween party ideas 2015



नेकपा एमाले झापाले पार्टीको अनुशासन उल्लंघन गरी उम्मेद्वारी दिने सात जनालाई निष्काशन गरेको छ । स्थानीय तहको निर्वाचनका बेला अनुशासन उल्लंघन गरी विभिन्न ठाँउमा स्वतन्त्र र अन्य पार्टीबाट उम्मेद्वार बनेका सात जनालाई कारबाही गरिएको एमाले झापाले जनाएको छ । कारबाहीमा पर्नेमा दमक–३ का तेजस्वी थेवे, बिर्तामोड–५ का देवराज तामाङ र भोला तामाङ, वडा नम्बर–८ का कृष्ण श्रेष्ठ र वडा नम्बर–४ का दिपक मिश्र रहेका छन् । त्यस्तै, हल्दिबारी–४ का टंक भट्टराई र राजकुमार राई रहेकालाई कारबाही गरिएको एमाले झापा सचिवालय सदस्य शिव ढुंगेलले जानकारी दिए । उनीहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको छ ।

Post a Comment

Powered by Blogger.