
दमक,
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकलाई समृद्घ नगर बनाउन एमाले मात्र सक्षम भएको बताएको छन् । झापाको दमकमा मंगलबार आयोजित विभिन्न सभालाई सम्वोधन गर्दै ओलीले भने दमकलाई समृद्घ बनाउन हामीले मात्र सक्छौ, हामीले नै दमकमा विश्वको अल्गो बुद्घको मुर्ती बनाउने छौ, एमालेको नेतृत्वमामात्रै नेपालकै सुविधा सम्पन्न औधोगीक पार्क, भ्यु टावर लगायतका सबै प्रकारका विकास निर्माणका कार्यहरु ल्याएका छन । ति योजनाहरु सम्पन्न पार्न एमाले मात्रै सक्षम छ । दमक आधुनिक सम्भावना भएको सहर भएकाले एमालेले जितेमा दमकको विकास हुने बताए । दमकलाई पर्यटकीय क्षेत्र बनाउन, रोजगारीको व्यवस्था मिलाउन एमाले मात्र सक्षम छ । अबको १० बर्ष भित्रमा दमकको औधोगिक पार्कमा १ लाख युवाहरुले रोजगारीको अवसर पाउने छन, अब युवाहरु विदेशिनु पर्दैन । तिनै तहको निर्वाचन पछि एमालेको सरकार बन्ने दावि गर्दै अध्यक्ष ओलीले भने अब माघ पछि हाम्रो बहुमतको सरकार बन्छ । अनि हामी विकास गर्छै पुर्व पश्चिम रेल कुदाउछौँ । चुनावी सभालाई एमाले केन्द्रीय सदस्य हिकमत कार्की विद्र्याथी नेता सुनिता बराल, नेता देवेन्द्र दाहाल लगायतले सम्वृद्घ विकाशका लागी एमालेको नेतृत्व आवश्यक रहेको बताएका थिए । कार्यक्रममा एमालेका मेयरका उम्मेदवार रोमनाथ ओली, उपमेयर गिता अधिकारीले पनि सम्वोधन गरेका थिए ।
Post a Comment