दमक,
प्रमुख राजनीतिक दल गौरादहका मेयर पदका उम्मेदवारहरुले गौरादहको विकाश समृद्घी र स्तर उन्नतिका लागी आफ्नो उम्मेदवारी भएको र आफुले जितेमा गौरादह नगरलाई नमुना योग्य सहर बनाउन लाग्ने प्रतिवध्ता व्यक्त गरेका छन् । मंगलबार गौरादह जेसिसले आयोजना गरेको ककस अर्थात सवाल जवाफ कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार रोहित कुमार शाहाले आफुले चुनाव जितेमा गौरादहको स्थापना कालदेखि अहिलेसम्म योगदान पु¥याउने स्वर्गीय व्यक्तीहरुको नाममा पार्क, स्कुल, पुस्तकालय, सडक आदिको नामाकरण गर्ने, गौरादहमा उच्च गुणस्तरको प्राविधिक शिक्षा स्थापना, गौरादहमा वि.पि स्वास्थ प्रतिष्ठानको शाखा खोल्ने, प्राविधिक तालिमको व्यवस्था गर्ने प्रतिबधता गरे त्यसै गरि एमालेका मेयरका उम्मेदवार मदन अधिकारीले आफु निर्वाचित भएमा गौरादहका सम्पूर्ण सडकहरुलाई ग्राभेल सहित कालो पत्रे गर्ने डिपु चोकमा रिङरोड स्थापना गर्ने, गाँउ गाँउमा विधुत पुर्याउने, कृषिलाई प्रमुख प्राथमिकता दिदै, औधोगिक क्षेत्र स्थापना गर्ने, गौरादहमा ५० सैयाको अस्पताल स्थापना गर्ने, गौरादह बजारलाई स्मार्ट बजारको रुपमा बिकाश गर्ने, गौरादहको पोखरी र चान्दु सिमसारलाई पर्यटन क्षेत्रको रुपमा विकाश गर्ने, गौरादहमा आदिवाशी संग्रहको स्थापना गर्ने लगायतका प्रतिबधता गरे । त्यसै गरि माओवादी केन्द्रको तर्फ बाट मेयर पदका उम्मेदवार पुष्प ढकालले आफुले जितेमा राज्यद्घारा दिइने कुनै पनि सेवा र सुविधा नलिने घोषणा गरे, उनले विकट ठाउलाई पहिलो प्राथमिकता दिने, ग्रामिण बजारको विकास गर्ने, नगर बसको व्यवस्था गर्ने, हरेक बजार, हस्पिटल, सौचालय आदि अपाङ्गमैत्री बाउने लगायत प्रतिबध्ता गर्नु भयो । कार्यक्रममा राप्रपाका उम्मेदबार खेम तिम्सीनाले विकास निमार्णका नाममा भएको भष्टाचारलाई अन्तय गर्ने, नगर भित्रका सबै बाटोहरुको स्तर उन्नती गर्ने, नौमती वाजालाई सम्रक्षर्ण गर्ने, रतुवा खोलामा ग्रिन वेल्ट बनाउने, सिप मुलक तालिमको व्यवस्था गर्ने लगायतका प्रतिबधता ब्याक्त गरे । उक्त कार्यक्रम गौरादह जेसिसका अध्यक्ष क्रान्ती देव काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
हेर्नु होस् भिडियो सहित .....
Post a Comment