बुधबार हुने स्थानीय तह निर्वाचनका लागि गएरातिबाट मौन अवधि शुरु भएको छ । १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि गएराति १२ बजेपछि मौन अवधि सुरु भएको हो ।
स्थानीय तह निर्वाचन निर्दे्शिका २०७३ मा मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ । मौन अवधिका बेला प्रचार प्रसार गरेमा उम्मेदवारी रद्द समेत गर्न सक्ने निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिए ।
मतदान हुने दिनभन्दा ४८ घन्टा अघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ । मौन अवधि सुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म निर्वाचन हुने पदका लागि निर्धा्रित क्षेत्रभित्र कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले किसिमको प्रचार गर्न नहुने निर्दे्शिकामा उल्लेख छ ।
त्यसैगरी, आउँदो बुधबार हुने चुनावका लागि सम्बन्धित मतदान केन्द्रबाट आजपनि परिचयपत्र लिन सकिन्छ । आफूले मतदान गर्ने केन्द्रमा आफ्नो परिचय खुल्ने सरकारी कागजात लिएर परिचयपत्र लिन सकिने आयोगले जनाएको छ ।
परिचयपत्रका लागि मतदाता आफै निर्वाचन केन्द्रमा जानुपर्ने तर हिँडडुल गर्न नसक्ने बृद्धबृद्धा, सुत्केरी अपांगता भएका व्यक्ति लगायतको परिचय पत्र भने एकै घरका ब्यक्तिले लिन सक्नेछन् । निर्वाचन आयोगका अनुसार परिचय वितरणसँगै केन्द्रमा मतदातालाई मतदान गर्ने सही तरिका पनि सिकाइँदै छ
Post a Comment