
स्थानिय तहको चुनावको प्रचारको अन्तिम अवस्थामा नेकपा एमाले दमक र गौरादह नगर कमिटीले अहिले सम्मकै विसाल ¥याली प्रर्दर्शन गरेको छ । उक्त ¥याली जन आन्दोलन जस्तै झझ्ल्को दिएको छ । दमकमा निस्किएको ¥यालीले दमक बजारको परिक्षमा गरेको थियो । ¥यालीमा करिव १० हजार जनाको उपस्थिती रहेको अनुमान गरिएको एमालेका चुनाव परिचालनका संयोजक अर्जुन राईले बताए । ¥याली पछि आयोजित कोड सभालाई दमकका मेयर पदका उम्मेदवार रोमनाथ ओली र उपमेयरका उम्मेदवार गिता अधिकारीले एमालेले चुनाव जितीसकेको तर अनुमोदन हुन बाँकी रहेको बताए । यसै गरि गौरादह नगर समितिले पनि विसाल ¥याली प्रर्दशन गरेको छ । तत्कालीन गौरादह गा.वि.स को परिक्रमा गरे पछि डिपु चोकमा कोड सभामा परिणत भएको थियो । सभालाई नेकपा एमालेका हिकमत कार्की, मेयर पदका उम्मेदवार मदन अधिकारी लगायतले एमाले जनता पार्टी भएकाले एमालेले सबैतिर जित्ने उद्घोष गरे । ¥यालीमा २ हजार भन्दा वढि सर्वसाधरणको स्वतस्र्पुत उपस्थिती रहेको विद्यार्थी संयोजक दिपेन्द्र अधिकारीले जानकारी दिए ।
Post a Comment