Halloween party ideas 2015



गाैरादह, चन्द्र सुब्वा गौरादहका लागि कुनै नौलो नाम होइन । झापाली राजनीतिक र सामाजिक क्षेत्रको विकाशका लागि अनवरत रुपमा लागि रहेका चन्द्र सुव्वा गौरादहबासिका मन र मुटुका प्रिय पात्रका रुपमा परिचित व्याक्ती हुन । वि.स. २०१४ सालमा जन्मीएका सुब्वाले २०२४ सालबाट राजनीतिमा प्रबेश गरेका हुन । १० वर्षको कलिलै अबस्थामा उनि अनेरास्वीयूको सदस्य भएर राजनीतिक र सामाजिक क्षेत्रमा कार्य गर्न थालेका थिए । उनि २०३७ सालमा गौरादह स्थीत जनता मा.वि.को शिक्षक भएर अध्यापन गराउन थाले तर उनलाई सरकारी जागिर छाडेर सामाजिक क्षेत्रमा धेरै लागे । “उनि एक त्यस्ता व्याक्ती हुन जसले सरकारी स्थाई जागिर छाडेर सामाजिक क्षेत्रमा लागेका हुन”। उनले राजनीतिक र सामाजिक जिवनलाई अघाडी बढाउने क्रममा राजधानि तर्फ लागे र नेकपा एमालेका पोलिट व्युरो सदस्य युवराज कार्की संगसगै र कार्कीको सम्रक्षणमा राजनीतिक जिवनलाई अघाडी बडाउन थाले । उनलाई राजधानिमा बसेर राजनीतिक गतिविधी गर्द कसरी पो मन मान्न सक्थियो र ? आफ्नो गाँउको विकास सोच्ने भएकाले उनलाई राजधानी बस्न मन लागेन र सुब्वा पुन गौरादह फर्के । सामाजिक क्षेत्रमा अब्बल मानिएका सुब्वालाई गौरादहमा सबैले मान्ने व्याक्तीका रुपमा चिर परिचित पात्रका रुपमा स्थापित छन् । हाल सम्म पनि नेकपा एमालेको तर्फबाट राजनीतिक जिवन सञ्चालन गरिरहेका सुब्वा हाल नेकपा एमाले जिल्ला कमिटि सदस्य र स्थानिय तहको निर्वाचनका एमालेका तर्फबाट गौरादह नगरपालिका वाड नं १ का वडा सदस्यका पदका उम्मेदवार हुन ।

के छ त चन्द सुब्वामा विशेश ?
  • पानि जसरी कन्चन हुन्छ उनि तेसरी नै राजनीतिक र सामाजिक ब्यवहार गर्छन् ।
  • गौरादह १ का वडा सदस्यका उम्मेदवार भएपनि उनको नाम लिनका लागि कुनै पनि राजनीतिक दलका  व्याक्तिहरु हिचकिचाउदैनन् ।  
  • चन्द्र सुब्वालाई कुनै पनि सामाजिक राजनीतिक विकास निमार्ण आदिमा उनलाई नबोलाई सम्भव्वनै नहुने स्थानियबासि बताउछन् ।
  • प्रखर र प्रस्ट बक्ता भएकाले पनि चन्द्र सुब्वालाई सबैले प्रिय पात्रको रुपमा लिने गरेका छन ।

यसरि हेर्दा चन्द्र सुब्वा स्थानिय व्याक्तिहरुको प्रिय पात्र भएकाले उनले अत्याधिक मतले जित्ने अडकल काट्न थालिएको छ ।

Post a Comment

Powered by Blogger.