Halloween party ideas 2015

25486-20170615155041.jpg

निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ मै चुनाव हुनेछ । तर, चुनाव सारेपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने सुनिश्चित गरेको छैन । बिहीबार सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको हो । राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । तर, आयोगले चुुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको थियो । आयोगको चेतावनीलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका छन् । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्नेछ । ‘प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते कुरा भयो’ एक नेताले भनेका छन् । चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन ।सत्तारुढ दलका एक नेताले भने, ‘आउदिँन भनेको पनि छैन तर, के भयो भने आउँछ पनि भनेको छैन ।’ राजपाका नेता महेन्द्र राय यादवले भने आफूहरुले २ र ५ नम्बरको चुनाव सार्न माग गरेको अनलाइनखबरलाई बताए । ‘हामीले संविधान संशोधन, स्थानीय तहको संख्या बृद्धि लगायतका माग पुरा गर्नुस् भनेका छौं । उहाँहरुले गर्छौ भन्नु भएको छ’ उनले भने, ‘अब सरकारले के निर्णय गर्छ हेरौं ।’

Post a Comment

Powered by Blogger.