उनीहरुको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।उता हल्दिबारी – ४ निवासी ५५ वर्षीया नर्बदा पोख्रेल र गौरादह– २ निवासी १९ वर्षीय गोपाल तामाङ चट्याङ लागेर घाइते भएका छन् । चट्याङले लागेरे बेहोस भएका तामाङको दमकको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ भने पोखे्रलको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरि शर्माले जानकारी दिनुभयो ।
चट्याङ लागेर झापामा एकको मृत्यु, चार घाइते
शनिवार साँझदेखि आएको हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर झापामा एक व्यक्तिको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिबारी–३ निवासी ५० वर्षीया लीला वानियाको चट्याङले लागेर मृत्यु भएको हो ।उनलाई शनिवार साँझ चट्याङ लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा शनिवार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।चट्याङकै कारण सोही ठाउँ निवासी राधिका बानियाँका ११ वर्षीय छोरा अनिल बानियाँ र महेश बानियाँकी श्रीमती २३ वर्षीया सोरधनी मिस्त्री घाइते भएका छन् ।
Post a Comment