इटहरी / विद्युत मर्मत गर्ने क्रममा इटहरी विद्युत प्राधिकरणमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ । इटहरी ८ घर भर्इ इटहरी विद्युत प्राधिकरणमा फोरमेनको काम गर्दै आएका ४८ बर्षिया प्रकाश पौडेलको विद्युत मर्मतका क्रममा करेन्ट लागी मृत्यु भएको हाे ।
इटहरी ५ जनतावस्तभीदेखि ५० मिटर दक्षिणमा ट्रान्सफर खराव भई विजुली अवरोध भएपछि त्यसको मर्मत गर्न गएका पौडेललाई मर्मतकै क्रममा करेन्ट लागेपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादा बाटैमै मृत्यु भएका प्राधिकरणका सवारी चालक दिनेश दंगालले जानकारी दिएका छन् ।
Post a Comment