रुसको मस्कोमा भारी वर्षासँगै आएको आँधीमा परेर ११ जनाको मृत्यु भएको छ । आँधीमा परेर ५० जनाभन्दा बढी घाइते भएका रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । भीषण आँधीका कारण सयौं मानिस प्रभावित भएका छन् भने कयौं घरमा क्षति पुगेको छ । शक्तिशाली आँधीले ठाउँठाउँका बिजुलीका पोल तथा रुख ढालेकाले विद्युत् अवरुद्ध हुनुका साथै यातायात सेवासमेत प्रभावित भएको छ । प्रतिघण्टा १ सय ११ किलोमिटरका दरले आएको आँधी अझै केही दिनसम्म जारी रहने मौसमविद्हरुले बताएका छन् । आँधी प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको वीवीसीले जनाएको छ । बंगलादेश सरकारले शक्तिशाली आँधी आउन सक्ने भन्दै १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास शुरु गरेको छ ।
Post a Comment