Halloween party ideas 2015





के तपाईं वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आफुले भोगेका समस्या एवम् गुनासोहरु अब मोबाइलमार्फत तुरुन्तै सम्बन्धित निकायमा पठाउन सक्नु हुनेछ।



वैदेशिक रोजगारीमा नेपालीहरुले भोग्नुपरेका समस्या संकलन गर्दै त्यसलाई सम्बन्धित निकायमा तुरुन्तै पठाएर समाधानमा पहल गर्ने उद्देश्यले निर्माण गरिएको मुग्लान एप हालै सार्वजनिक गरिएको छ ।


मलेसियाको क्वालालम्पुरमा करिब तीन साताअघि आयोजित गैर आवासीय नेपाली संघको एसिया प्रशान्त सम्मेलनको अवसरमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले उक्त एपको सार्वजनिक गरेका थिए ।वैदेशिक रोजगारीको क्षेत्रमा विद्यमान समस्या र बेतिथीलाई विगत ८ वर्षदेखि नियाल्दै आएका पत्रकार गिरीले उक्त एपको निर्माण गरेका हुन् । उनका अनुसार अब वैदेशिक रोजगारीबारे चासो राख्ने र विदेशमा रहेका सबै नेपालीले आफ्ना गुनासो र समस्याबारे मुगलानमार्फत सम्बन्धित निकायलाई खबर गर्न सक्नेछन् ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई उनीहरुसँग सरोकार राख्ने आवश्यक सूचना एवं जानकारी दिनमात्र नभई उनीहरुका समस्या सम्बन्धित निकायलाई तुरुन्तै पठाएर समाधानमा पहल गर्ने उद्देश्यले आफुले ‘मुगलान’को कन्सेप्ट ल्याएको गिरीले बताए ।

‘विगत ८ बर्षअघिदेखि एकजना आप्रवासीका रुपमा रहँदा मैले कयौं हाम्रा नेपालीहरुका धेरैप्रकारका समस्याहरु देखें/भेटें ।’ सूचना प्रविधि विषयका विद्यार्थी समेत रहेका उनले भने ‘कतिपय समस्याहरु सामान्य जानकारी अभावमै सृजना हुने र कतिपय सम्बन्धित निकायसम्म जानकारी नपुग्ने एवं पुगेपनि त्यस्ता निकायले ध्यान दिन नसकेको समेत पाइयो ।’

उनले थपे ‘त्यसैले अब विकसित प्रविधिको उपयोग गरेर सम्बन्धित निकायलाई थप जिम्मेवार बनाई पीडितलाई सहयोग गर्नुपर्ने आवश्यकता भयो ।’


गुनासो बटन

उनका अनुसार मुग्लान एपमार्फत गुनासो पठाउन प्रयोगकर्तालाई ईमर्जेन्सी अवस्थामा पनि सहज होस् भनेर रातो रंगको बेग्लै ‘फ्ल्वटिङ बटन’ राखिएको छ । प्रयोगकर्ताले त्यहाँ दबाएर आफ्ना गुनासो, जिज्ञासा तथा उजुरी लेखेर वा रेकर्ड गरेर पठाउन सक्नेछन् ।

साथै ती समस्याबारे सम्बन्धित निकायसँग फलोअप समेत गर्ने जनाइएको छ । यसरी वैदेशिक रोजगारीमा रहेका नेपालीका जिज्ञासा, गुनासो लिने र सम्बन्धित निकायलाई पठाउने यो पहिलो नेपाली एप भएको गिरीको दाबी छ ।

मुग्लानले त्यस्ता गुनासा र समस्याहरुको अध्ययन गरि सम्बन्धित देशमा रहेका नेपाली दूतावासलाई पठाउने र आवश्यकता अनुसार समन्वय गरि समाधान गर्न पहल गर्ने बताइएको छ । तर सम्बन्धित निकायले गम्भिर चासो नदेखाएमा त्यस्ता समस्याबारे सार्वजनिक अपिलसमेत गरिने गिरीले बताए ।

एपमा वैदेशिक रोजगारी लगायत सबै क्षेत्रका समाचार, करिब ३ दर्जन देशहरुमा रहेका नेपाली दुतावासका ठेगाना, दुतावासका सेवाबारे जानकारी, गन्तव्य मुलुकको नियम कानुन, भाषा, हेल्पलाइन नम्बरहरु, सहयोगी संघसंस्थाका फोन, ईमेल, नीति तथा नियम, लोकेशन म्याप, ईभेन्ट, राशीफल, विनिमय दरभाउ, इमर्जेन्सी नम्बरहरु (दमकल, प्रहरी आदि) लगायत धेरै जानकारी राखीएको छ ।

दैनिक जानकारी मूलक मेसेज

मुग्लानले दैनिक कामदारका स्वास्थ्य, सुरक्षा, शिक्षा, भाषा र बैदेशिक रोजगारीबारे समाचारहरुबारे नोटिफिकेसन पूस-मेसेज पठाउने गर्दछ ।

सार्वजनिक गरिएको करिब ३ हप्तामै २ हजारभन्दा बढीले यो एप डाउनलोड गरिसकेका र प्राप्त भएका करिब ४ दर्जन गुनासा एवम् जिज्ञासाहरु सम्बन्धित देशमा रहेका नेपाली दूतावासहरुमा फरवार्ड गरिएको बताइएको छ ।

वैदेशिक रोजगारीमा नेपालीहरुले भोग्नुपरेका समस्या संकलन गर्दै त्यसलाई सम्बन्धित निकायमा तुरुन्तै पठाएर समाधानमा पहल गर्ने उद्देश्यले निर्माण गरिएको मुग्लान एप हालै सार्वजनिक गरिएको छ ।



वैदेशिक रोजगारीको क्षेत्रमा विद्यमान समस्या र बेतिथीलाई विगत ८ वर्षदेखि नियाल्दै आएका पत्रकार गिरीले उक्त एपको निर्माण गरेका हुन् । उनका अनुसार अब वैदेशिक रोजगारीबारे चासो राख्ने र विदेशमा रहेका सबै नेपालीले आफ्ना गुनासो र समस्याबारे मुगलानमार्फत सम्बन्धित निकायलाई खबर गर्न सक्नेछन् ।

मलेसियाको क्वालालम्पुरमा करिब तीन साताअघि आयोजित गैर आवासीय नेपाली संघको एसिया प्रशान्त सम्मेलनको अवसरमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र मलेसियाका लागि नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्न्यातले उक्त एपको सार्वजनिक गरेका थिए ।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई उनीहरुसँग सरोकार राख्ने आवश्यक सूचना एवं जानकारी दिनमात्र नभई उनीहरुका समस्या सम्बन्धित निकायलाई तुरुन्तै पठाएर समाधानमा पहल गर्ने उद्देश्यले आफुले ‘मुगलान’को कन्सेप्ट ल्याएको गिरीले बताए ।

‘विगत ८ बर्षअघिदेखि एकजना आप्रवासीका रुपमा रहँदा मैले कयौं हाम्रा नेपालीहरुका धेरैप्रकारका समस्याहरु देखें/भेटें ।’ सूचना प्रविधि विषयका विद्यार्थी समेत रहेका उनले भने ‘कतिपय समस्याहरु सामान्य जानकारी अभावमै सृजना हुने र कतिपय सम्बन्धित निकायसम्म जानकारी नपुग्ने एवं पुगेपनि त्यस्ता निकायले ध्यान दिन नसकेको समेत पाइयो ।’

उनले थपे ‘त्यसैले अब विकसित प्रविधिको उपयोग गरेर सम्बन्धित निकायलाई थप जिम्मेवार बनाई पीडितलाई सहयोग गर्नुपर्ने आवश्यकता भयो ।’


Post a Comment

Powered by Blogger.