
गीतमा चलचित्रका मुख्य कलाकारले दोहोरी खेलेको देखाइएको छ । भोलाराज सापकोटा, निशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री, सद्भाव थापाको यो चलचित्रमा मुख्य भूमिका छ ।
गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ । नेपाली चलचित्रमा यस्ता खालका गीत संगीत हराउँदै गएको समयमा प्यूठानमा छायांकन गरिएको चलचित्र ‘कुम्भ करण’ले पनि लोकदोहोरी समावेश गरेको छ ।
दीपक वलीले चलचित्रको निर्देशन गरेका हुन् । क्षितिज बस्नेत निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रोम ओली हुन् । आकाश पलको प्रस्तुतीमा तयार भएको यो चलचित्रले एउटा प्राथमिक विद्यालयमा काम गर्ने कर्मचारी र शिक्षिकाविचको लभ चक्करलाई रमाइलो तरिकाले देखाएको छ । चलचित्रमा अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन, हरि लामाको छायांकन, महेश दवाडीको कथा, पटकथा तथा संवाद छ ।
Post a Comment