० अप्रिल, मलेसिया । मलेसियाली नागरिकको हत्या आरोपमा पक्राउ परेका एक नेपालीले यहाँको अदालतवाट न्याय पाएका छन् ।
सिन्धुपाल्चोकको किमे–९, गुम्थाङ घर भएका लालबहादुर तामाङ अदालतको आदेशपछि मृत्युदण्ड पाउनबाट जोगिएका हुन् ।
सिन्धुपाल्चोकको किमे–९, गुम्थाङ घर भएका लालबहादुर तामाङ अदालतको आदेशपछि मृत्युदण्ड पाउनबाट जोगिएका हुन् ।
तामाङ मलेसियाको एक सेक्युरिटि कम्पनीमा कार्यरत थिए ।
उनीमाथि ड्युटी समयमा मलेसियन नागरिक माथुभेलु ए गोविन्दनको हत्या गरेको आरोप थियो । यही आरोपमा १० नोभेम्बर २०१६ मा उनी पक्राउ परेका थिए ।
तामाङ पक्राउ परेसँगै मृत्युदण्ड सजायको माग गर्दै पेनलकोर्टमा मुद्दा दर्ता गरिएको थियो ।
तामाङ पक्राउ परेसँगै मृत्युदण्ड सजायको माग गर्दै पेनलकोर्टमा मुद्दा दर्ता गरिएको थियो ।
अदालतमा मुद्दा परेसँगै मलेसियास्थित नेपाली दूतावासले झुठा मुद्दा लगाइएको भन्दै १४ जुन २०१६ मा अदालतमा निवेदन पेश गरेको थियो । मार्च ८ मा उच्च अदालत शाहआलमले उनी निर्दोष रहेको फैसला सुनाएको थियो ।
निर्दाेष ठहरिएका लामा नेपाली राजदूतावासको पहलमा वैशाख ६ गते नेपाल फर्किएका छन । ‘तामाङको मुद्दामा कानुनी परामर्शदाताको सहयोग महत्त्वपूर्ण रह्यो’ मलेसियाका लागि नेपाली राजदूत डा. निरन्जनमानसिं वस्न्यातले अनलाइनखबरसँग भने ।
Post a Comment