दमक । सत्तारुढ दल राप्रपाले झापाको दमकमा जिल्लास्तरको चुनावी आमसभा गरेर आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।
वैशाख ९ गते अर्थात् भोली दमकमा पार्टीले आयोजना गरेको सभामा झापा जिल्ला र आसपास क्षेत्रबाट हजारौं कार्यकर्ता सहभागी हुने राप्रपाले जनाएको छ। पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, नेत्री रेखा थापा लगायतका शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने जनाइएको छ।
राप्रपाका स्थानीय नेता ताराप्रसाद अधिकारीले देशव्यापी चुनावी माहोल बढाउन कार्यकर्ताहरुलाई उत्साह जगाउनका लागि सो सभाको आयोजना गरिएको बताए। अधिकारीले भने,‘चुनावी माहोल सिर्जना गर्दै कार्यकर्ताहरुमा उत्साह जगाउनु नै यो सभाको उद्देश्य हुनेछ’।
Post a Comment