Halloween party ideas 2015


काठमाण्डौं, १७ चैत–एउटै वस्तुलाई फरक–फरक ठाउँबाट आँखा लगाउँदा दृश्य पनि फरक–फरक देखिन्छन् । धुर्मुस–सुन्तलीले मंगलबार आफैंले बनाएको मुसहर बस्तीको फरक दृश्य पहिलोपटक देख्न पाए ।
भुइँचालोपछि काभ्रेको पहरीगाउँ र सिन्धुपाल्चोकको गिरानचौरमा बस्ती बसाल्दै गर्दा उनीहरुले बेलाबेला फरक–फरक दृश्य देख्न पाइरहन्थे ।
किनकि, त्यहाँ वरिपरि पहाड थियो। चाहेको बेला डाँडा चढेर बन्दै गरेको बस्तीको नौला–नौला दृश्य देख्न पाउँथे । यसपालि भने उनीहरुका लागि त्यो मौका ढिलो आयो । किनकि, समथर भू–भागमा बनाइएको बस्तीलाई माथिबाट नियाल्ने ठाउँ थिएन ।
यसै साता बस्तीका कुल ५३ वटा घरको रंगरोगन सकिएपछि ‘भ्यु टावर’ को निर्माण सुरु भयो । ३० फिट अग्लो टावरको मंगलबार बीस फिटसम्मको काम सकियो । मिस्त्रीहरुले धुर्मुस–सुन्तलीलाई टावर नबन्दै माथिबाट नियाल्न आग्रह गरे । बुधबार तीस फिटकै टावर सकिएको छ ।
तीन वर्षे छोरी र परिवारको हेरविचार तथा ‘मेरी बास्सै’ निर्माण/निर्देशन सम्हाल्न लागि काठमाडौंमा रहेकी सुन्तली र बस्ती बनाउन महोत्तरी रहेका धुर्मुसबीच सोमबार झन्डै दुई हप्तापछि भेट भयो ।
दुवैले टावरबाट बस्ती नियाले । तल झरे र बिभिन्न मुद्रामा फोटो खिचाए । अधिकांश तस्बिरमा उनीहरु हाँसो र प्रसन्न मुद्रामा देखिन्छन् । आफ्नो फेसबुकमार्फत् तस्बिर सार्वजनिक गर्दै धुर्मुसले लेखेका छन्-
‘राम्रो गर्नु पर्छ । सकारात्मक सोच राख्नुपर्छ भन्ने यिनी कस्ती ?
सायद त्यही सोचले ठडियो एकिकृत नमुना मुसहर बस्ती ।  
‘बस्तीको काम लगभग सकिएको छ,’ सेतोपाटीसँगको फोनसम्पर्कमा धुर्मुसले भने, ‘अब कम्युनिटी हलमा छाना लगाउन मात्र बाँकी छ । २५ गतेसम्म काम सक्नुपर्छ भनेर खटिरहँदा पनि नसकिएला कि भन्ने अत्यास थियो । टावरमा चढेर हेर्दा अत्यास बिलाएर मनमा खुसी भरिएको छ ।’
धुर्मुसका अनुसार टावर बस्तीको आकर्षण हो । पर्यटकीय गन्तव्य बनाउने लक्ष्यअनुरुप बस्ती निर्माण गरिएकाले टावरबाट बर्दिवास, लालबन्दी, ढल्केबर, जनकपुरसम्मका दृश्य नियाल्न सकिने उनको भनाइ छ ।
धुर्मुसका भनाइमा नयाँ वर्षका दिन बिहान आठ बजे बस्ती हस्तान्तरण हुनेछ । मुसहर परिवारका लागि ५० वटा, मगर, सुनार र भुजेल परिवारका लागि एक–एक वटा गरी कुल ५३ वटा घर तयार भएको छ । प्रत्येक घरमा एक बगैंचा, गाडी जाने बाटो, एक शौचालयसहितको बस्ती वातावरण, बाल र अपांगतामैत्री हुने धुर्मुसले बताए ।
‘हामीले बस्तीको शिलान्यास गर्दा नै वैशाख १ गते हस्तान्तरण गर्नुपर्छ भनेर लेखेका थियौं,’ उनले भने, ‘हामी कुनै पनि हालतमा त्यो मितिभन्दा पर सार्न चाहँदैनथ्यौं । मुसहर दाजुभाइले तालु सेक्ने घाममा पनि ज्यान दिएर काम गर्नुभयो। बस्ती बसाल्दै गर्दा सबैभन्दा बस्ती बसाल्ने पैसा नउठ्ला कि भन्ने डर थियो ।
झन्डै एक महिनाअघिसम्म पनि यो डर कायम थियो । अब लगभग उठेको छ । सहयोग आउने क्रम जारी छ। तेस्रो बस्ती निर्माण गर्न सघाउनुहुने सबैलाई जति धन्यवाद दिए पनि कम हुन्छ ।’

Post a Comment

Powered by Blogger.