काठमाडाैँ (एजेन्सी), १ फाल्गुन—यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको ‘दंगल’ का अभिनेता आमिर खानले आफू वक्स अफिसको राजा नभएको धारणा राखेका छन्। ‘म वक्सअफिसको राजा होइन। म त किरण (आमिरपत्नी) को मात्र राजा हुँ।’
शनिबार साँझ फिल्मको सक्सेस पार्टीमा बोल्दै आमिरले आफूले कहिले पनि यति कमाउनेछ भनेर फिल्म छनोट नगर्ने गरेको बताए।
उनले भने, ‘आजसम्म मैले कहिले पनि फिल्मले यति व्यापार गर्छ भन्ने कुरालाई ध्यानमा राख्दै फिल्म हस्ताक्षर गरेको छैन्। म फिल्मलाई मेरो मनबाट छान्ने गर्छु। मैले आजसम्म तीनै फिल्म गरेको छु जसले मलाई भित्रैबाट छोएका छन्।’
‘जब मैले तारे जमिन पर, थ्री इडियट्स, रङ दे वसन्ती वा सरफरोस गरे, त्यतिबेला मैले ती फिल्मले राम्रो व्यापार गर्छन् भनेर कहिल्यै सोचिन। ‘दंगल’लाई नै उदाहरण लिने हो भने पनि मैले त्यसमा उमेरदार तथा वजनदार कुस्तीवाजको भूमिका गरेको छु।
त्यसमा फिल्मलाई ब्लकबस्टर बनाउने कुनै रोमान्टिक वा फरमूला छँदैछैन्। त्यस कारण पनि हामीले फिल्म यस्तरी हिट हुन्छ भन्ने अनुमान लगाएका थिएनौ’, उनले थपे।
त्यस्तै आमिरले कमाइलाई नै हिसाब गर्दै फिल्म खेल्ने भएको भए जीवनमा ‘धोवीघाट’ जस्ता फिल्म उनले कहिल्यै नगर्ने पनि बताए।
Post a Comment