Halloween party ideas 2015


गणेश शिवाकोटी


झापा, वैशाख ५ गते । दमक अस्पतालको लापर्वाहीका कारण एक महिलाको ज्यान गएको छ । दमक नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीया शर्मिला शंकर पोर्तेलले क्युरेड गर्न चैत्र २६ गते दमक अस्पतालमा भर्ना भएकी थिइन् ।
क्युरेडपश्चात अस्पतालले डिस्चार्ज गरेको गरेको थियो । घरमा लगेपछि पेट फुल्दै गएको र दुखाई बढ्न थालेपछि दमककै अर्को मेडिकलमा भिडियो एक्सरे गर्दा आन्द्रा काटिएको पुष्टि भएको थियो । थप उपचारका लागि वैशाख २ गते शर्मिलालाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । नोबेलमा परीक्षणपछि डाक्टरले क्युरेडका क्रममा आन्द्रा काटिएको बताएका थिए ।
भेन्टिलेटरमा राखी उपचारका क्रममा ४ गते बिहान उनको मृत्यु भएको मृतकका भाइ सनम शंकरले बताउनुभयो ।  यता, दमक अस्पतालले आफ्नो गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप ७ लाख रुपैयाँ उपलब्ध गराउने जनाएको छ । मृतककी चार वर्षकी छोरी छन् । परिवारसहित काठमाडौं बस्दै आएकी पोर्तेल छोरीको छुट्टी मनाउन झापा घर आएकी थिइन् ।

Post a Comment

Powered by Blogger.