Halloween party ideas 2015



पूर्वको सप्तरी र मोरङ जिल्लामा शनिबार हावाहुरीबाट अन्दाजी १ लाख ६८ हजार बराबरको क्षति भएको छ। हावाहुरीले सप्तरी रायपुर मल्हनिया ५ बस्ने लक्ष्मी यादब, बोरीया-९ बस्ने भलाई खङ, राजबिराज नगरपालिका ७ बस्ने प्रबिण कुमार चौधरी, बाल मुकुन शर्मा, पथरगडा ३ बस्ने बद्री खंङ खत्वेको टिनको छानो उडाउदा अन्दाजी १ लाख १८ हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यता मोरङको बिराटनगर उपमहानगरपालिका १५ मा हावाहुरीबाट अन्दाजी ५० हजार मुल्य बराबरको क्षती भएको छ। दिउँसो १२ बजेतिर आएको हावाहुरीले रुख लडेर सोही ठाँउ बस्ने राजेन्द्र यादवको भान्सा घरमा क्षति पुर्‍याएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

Post a Comment

Powered by Blogger.