सन् २०११ देखि निरन्तर विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको रुपमा रहेको एप्पललाई पछि पार्दै गुगल विश्वको सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । ब्राण्ड फाइनान्सले वाषिर्क रुपमा सार्वजनिक गर्ने विश्वका मूल्यवान ब्राण्डहरुको नयाँ सूचिमा गुगल पहिलो नम्बरमा उक्लिएको हो ।
रिपोर्टअनुसार गत वर्ष २४ प्रतिशतले वृद्धि हुँदै गुगलको मौद्रिक मूल्य १ खर्ब ९ अर्ब ५० करोड पुगेको छ । जबकी एप्पल ब्राण्डको मौद्रिक मूल्य भने १ खर्ब ४५ अर्ब ९० करोडबाट घटेर १ खर्ब ७ अर्ब १० करोड कायम भएको छ ।
एप्पलको ठूलो गिरावट सँगै गुगल २ अर्ब ४० करोड डलरको अग्रतासँगै विश्वको नम्बर वान भ्यालुएवल ब्राण्ड बनेको हो ।
एप्पलले आफूप्रतिको उपभोक्ताको सद्भावको दुरुपयोग गरेको तथा प्राविधिक लाभलाई कायम राख्न नसकी एप्पल प्रेमीहरुले तात्विक परिवर्तन चाहेको बेलामा विभिन्न बहाना गरी भुलभुलैयामा राख्ने गर्नाले यसको पहिलो स्थान खोसिएको रिपोर्टमा उल्लेख छ ।
एप्पलले उपभोक्ताले रुचाउने इनोभेटिभ प्रविधियुक्त उत्पादनहरु पाइपलाइनमा छ्न भन्ने कुरा उपभोक्तालाई देखाउन नसकेको र एप्पल वाच जस्ता प्रडक्टबाट अपेक्षा अनुरुप आय आर्जन गर्न नसकेको रिपोर्टमा उल्लेख गरिएको छ ।
जबकि गुगल भने यसको मूल्य सर्च इन्जिन व्यवसायमा बादशाह बनिरहन सफल भएको छ । गुगलले आफ्नो बढ्दो राजश्वबाट समेत फाइदा लिइरहेको र यसको ब्राण्ड क्षमतामा पनि वृद्धि भइरहेको रिपोर्टमा उल्लेख छ ।
गुगलको ब्राण्ड स्ट्रेन्थमा पछिल्लो वर्षमा २ अंकले वृद्धि भएको बताइएको छ । ब्राण्ड क्षमता जति धेरै भयो उक्त ब्राण्डप्रति उपभेाक्ताको विश्वास उति नै बढी हुन्छ ।
गुगल र एप्पलपछि विश्वको सबैभन्दा मूल्यवान ब्राण्डको तेश्रो स्थानमा अमेजन रहेको छ । त्यस्तै चौथो स्थानमा एटी एण्ड टी र पाँचौ स्थानमा माइक्रोसफ्ट रहेको छ ।
विश्वका मूल्यवान ब्राण्डको छैटौँ स्थानमा सामसुंग छ भने सातौँ स्थानमा भेरिजोन र आठौँ स्थानमा वालमार्ट रहेको छ । सोसल साइट फेसबुक विश्वको नबौँ मूल्यवान ब्राण्डको रुपमा रहेको छ ।
विश्वका नौँ मूल्यवान ब्राण्डमा अमेरिकी कम्पनीहरु रहँदा दशौँ स्थानमा भने चिनिया कम्पनी पर्न सफल भएको छ । चीनको इन्डस्टि्रयल एण्ड कमर्सियल बैंक आइसीबीसी विश्वको दशौँ मूल्यवान ब्राण्ड बनेकोे छ ।
त्यस्तै चीनकै चाइना मोबाइल ११ औँ, जापानको टोयोटा १२ औँ, अमेरिकाको आइबिएम बिसौँ, जर्मनीकोे मर्सिडिज बेन्ज २१ औँ स्थानमा छन् ।
अन्य मूल्यवान ब्राण्डमा अलिवाबा २३ औँ, कोकाकोला २७ औँ, नाइक २८ औँ, ओरेकल ३८ औँ, हुवाबे ४० औँ र फक्सवागन ४१ औँ स्थानमा रहेका छन् ।
त्यस्तै, निसान ४२ औँ तथा फोर्ड ४६ औँ मूल्यवान ब्राण्डका रुपमा रहेका छन् ।
मूल्यवान ब्राण्डको पचासौँ नम्बरमा भोडाफोन छ । इन्टेल ५९ औँ, हुन्डाइ ६० औँ, पेप्सी ६७ औँ, डेल ६८ औँ र विच्याट १ सयौँ स्थानमा रहेका छन् ।
गुगल सबैभन्दा मूल्यवान ब्राण्ड रहँदा यसकै मातहतमा रहेको युट्युब भने ११३ औँ स्थानमा परेको छ । त्यस्तै जिलेट ११४औँ, सोनी १३४ औँ, एडिडास १३८ औँ, एचपी १९४ औँ, क्यानोन १७० औँ, फिलिप्स १७६ औँ, इबे १८४ औँ, प्यानासोनिक १९१ औँ स्थानमा छन् ।
कुन समयको विश्वको नम्बर वान इन्टरनेट कम्पनी याहु २५६ औँ स्थानमा छ । त्यस्तै नोकिया ३४१ ऋौँ स्थानमा रहेको छ ।
Post a Comment