Halloween party ideas 2015

20247-20170208115403.jpgतोपगाछी । सहारा नेपाल साकोस चारपाने झापाको आयोजनामा दुई दिने बाख्रापालन प्रविधि सम्बन्धि तालिम सम्पन्न भएको छ ।     मगलबार मोरङ्गको उर्लाबारी ८ स्थित सुनझोडामा सम्पन्न तालिममा संस्थामा आवद्ध सदस्यलाई बाख्रा पालन सम्बन्धिको तालिम दिएर बाख्राको श्रोत केन्द्र स्थापना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको तालिम संयोजक भरत पोख्रेलले जानकारी दिए । तालिममा बाख्राका जात, खोर व्यवस्थापन, आहारा व्यवस्थापन तथा बाख्रामा लाग्ने प्रमुख रोगका बारेमा जानकारी गराइएको थियो । तालिममा लामो समयदेखि बाख्रा पालन गर्दै आएका र बाख्रा पाल्न ईच्छुक ३० जना महिला सहभागी रहेका थिए । समापन कार्यक्रममा बोल्दै सहभागीका तर्फबाट उर्मिला काईराला, गोपाल थापा, बिना तामाङ्ग, भिमकुमारी चाम्लिङ्गले तालिम उपयोगी भएको बताए । २०५२ सालमा स्थापना भएको संस्थाले अहिले आठ वटा जिल्ला मार्फत लघुविक्त कार्यक्रममा आवद्ध एक लाख १३ हजार महिला सदस्यहरु बीच विभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको साकोसका मोरङ्ग मंगलबारे शाखा प्रमुख लक्ष्मीप्रसाद राजवंशीले जानकारी दिए ।

Post a Comment

Powered by Blogger.